.
समाचार,
वैद्यको उद्घोष : असार १ गते नयाँ क्रान्तिकारी पार्टी जन्मन्छ
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 9 June 2012
आज राति प्रशारण हुने हिमालय टेलिभिजनको एक कुराकानीमा उनले यस्तो बताएको रिपोर्टर्स क्लबले जनाएको छ। 'अहिलेको पुरानो पार्टीले क्रान्ति हाँक्न सक्दैन, नयाँ क्रान्तिकारी विचारलाई अघि बढाउन र नेतृत्व गर्न पनि क्रान्तिकारी पार्टी आवश्यक छ', वैद्यले भनेका छन्- क्रान्तिलाई नयाँ उचाइमा पुर्याउन र मुलुकलाई नयाँ निकास दिन भेला निर्णायक हुनेछ।
माओवादीको अहिलेको नेतृत्व पक्ष क्रान्तिकारी विचारबाट विचलित भएको, यसले कम्युनिष्ट पार्टीको जनवादी नीति त्यागेको, जुझारु र सशक्त धार बिर्सिसकेको वैद्यको आरोप थियो। 'प्रचण्डजीहरुको नेतृत्व कम्युनिष्ट विचारबाट बाहिरिसक्यो', वैद्यले भने- उहाँहरुमा जुन भड्काव आएको छ, त्यसमा सुधार हुने सम्भावना देखिएन। अब पनि सुधार भएन भने अर्को पार्टी जन्मन्छ, जन्मन्छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




