.

,

प्रधानमन्त्री चढेको हेलिकोप्टर आपतकालीन अवतरण

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
- प्रधानमन्त्री बाबुराम भट्टराई चढेको हेलिकप्टर उदयपुरमा आपतकालीन अवतरण गरेको छ। प्राविधिक समस्या देखिएपछि उनी चढेको हेलिकोप्टर भुल्केस्थित सेनाको १८ नम्बर बाहिनीमा अवतरण गरेको हो।

 
प्रधानमन्त्रीका स्वकीय सचिव विश्वदीप पाण्डेका अनुसार प्रधानमन्त्री भट्टराई सहित हेलिकोप्टरमा सवार अन्य सबै सकुसल छन्। प्रधानमन्त्री अर्को हेलिकोप्टरबाट अहिले नै काठमाडौं फर्कन लागेको उनले जानकारी दिए।
कोसी कटानको निरीक्षण गर्न आएका प्रधानमन्त्री भट्टराई शनिबार सुनसरी र उदयपुरको सीमास्थित कोसी कटानको निरीक्षण गरेर फर्कने क्रममा हेलिकप्टरको इन्जिनमा खराबी देखिएपछि आकश्मिक अवतरण गर्नुपरेको पाण्डेले जानकारी दिए।

नेपाली सेनाको सुपर पुमा हेलिबाट प्रधानमन्त्री भट्टराई यहाँ आएका हुन्। साँझ ५ बजे उत्रिएका उनलाई लिन अर्को हेलिकप्टर मगाइए पनि आइनपुगेकाले भट्टराई साढे ७ बजेसम्म बाहिनीमै थिए।

अढाई घण्टाको बसाईपछि एमआई १७ हेलिकप्टरबाट साँझ ७ : ४० मा उनी काठमाडौं फर्केका सदरमुकामस्थित नेपाली सेनाको भवानी दल गणपति प्रमुख सेनानी ध्रुवप्रकाश शाहले बताए।

यता उनको पार्टी एकीकृत माओवादीले भने प्रधानमन्त्रीको उदयपुर आगमनबारे कुनै जानकारी नभएको जनाएको छ। पार्टी सहइन्जार्ज अनिलले प्रधानमन्त्री उदयपुरको बाहिनीमा आएको विषयमा पार्टीलाई कुनै जानकारी नभएको बताए।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर