.

,

‘सत्ता तिनका बाऊको पेवा हो र ? अब ५ सय बर्ष खान्छौं’: प्रचण्ड

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
७ जेठ, काठमाडौं । एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्ता कांग्रेस-एमाले लगायतका दलको मात्र पेवा नभएको बताउनु भएको छ ।

तामाङ राष्ट्रिय मुक्ति मोर्चाले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा प्रचण्डले अहिले दलहरुबीच भइरहेको लडाई सत्ताकै लागि भएको बताउनु भयो । ‘माओवादीको सत्ता कब्जाको रणनीति रे । उनको मात्र बाउको पेवा हो सत्ता ?’ उहाँले भन्नुभयो-’जनताले नपाउने ? मधेसी, जनजाति, दलितले सत्ता नपाउने ? लिन्छ अब सत्ता । तीनले २ सय ४० वर्ष खाए, अब ५ सय बर्ष अरुले खान्छन् ।’ प्रचण्डले मधेसी, जनजाति, दलित सत्ताको महत्व नवुझेर बिगि्रएको र शासकहरु सत्ताबाहेक अरु केही नदेखेर विग्रएको दावी गर्नुभयो ।

कांग्रेस-एमालेको आग्रहमा राष्ट्रपतिले प्रधानमन्त्रीलाई बर्खात गर्न खोजे नेपाली सेनाले साथ नदिने प्रचण्डको दावी थियो । ‘नेपाली सेना गणतन्त्रबादी सेना, अहिले सायद उनीहरुले राष्ट्रपतिकोमा गएर अपदस्त गर यो सरकारलाई भनेका होलान्’ टाउको हल्लाउँदै प्रचण्डले भन्नुभयो-’मान्नेबाला छैन सेनाले । किन मान्ने ? कांग्रेसले भनेको पछि किन हिड्ने सेना ? माओवादीले संवैधानिक ढंगले पनि ठिक निर्णय गर्छ, राजनीतिक ढंगले पनि ठिक निर्णय गर्छ । नेपाली सेनालाई पनि आफ्नो मान्छ । निर्वाचित सरकार पनि हो भने के माओवादी सौताको छोरा हो ?’

माओवादीले २-४ हजार सेना र केही हतियार मात्र बुझाएर केही फरक नपरेको भन्दै उहाँले आफूले चाहे ३ दिनमा ३ करोड जनतालाइ सेना बनाउने दावी गर्नुभयो । ‘माओवादीले दुई चार हजार थान हतियार बुझाएपनि जनताको एजेन्डा नछाडेकाले नेपाली जनताको सबै हतियार माओवादीले प्राप्त गरेको छ,-उहाँले भन्नुभयो- ‘नेपाली जनताको साथ पाएसम्म माओवादीलाई कुनै पनि कुराको अभाव हुँदैन ।’

संविधानसभाबाटै संविधान जारी गर्नुको विकल्प नभएको भन्दै उहाँले आवश्यक परे ४ पटकसम्म संविधानसभा निर्वाचन गर्ने बताउनु भयो । ‘अरु विकल्पबाट संविधान बनाउने कुरा कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन’ उहाँले भन्नुभयो-’एक पटक हैन, दुई पटक मात्र हैन, आवश्यक पर्‍यो भने तीन-चार पटक पनि संविधानसभाको निर्वाचन गर्नुपर्छ र संविधानसभाबाटै संविधान बन्नुपर्छ ।’

पुनःस्थापना गर्दैमा संविधान बन्छ भन्ने ग्यारेन्टी नभएको भन्दै उहाँले सबै विवादित विषयमा सहमति भए मात्र संविधानसभा ब्युँताउन सकिने बताउनु भयो । सत्ताकै लागि पुनःस्थापनाको कुरा गरिएको हो कि भन्दै उहाँले भन्नुभयो-”सत्ता र सरकारका लागि मात्रै उनीहरुले संविधानसभा पुनःस्थापना गर्न खोजेका हुन भने त्यो कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन, हामी त्यस्तो आत्मघाती काम गर्न तयार छैनौं ।’

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर