.
समाचार सुचना र प्रविधि,
सुदूरपश्चिमको विद्युतीय पुस्तकालय सेवाग्राहीको अभावमा बन्द I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 9 June 2012

सुदूरपश्चिमको कञ्चनपुरमा पहिलोपटक सेवाग्राहीलाई इन्टरनेटका माध्यमबाट जानकारी उपलब्ध गराउन स्थापना गरिएको ई–लाइब्रेरी (विद्युतीय पुस्तकालय) सेवाग्राहीको अभावमा बन्द भएको छ। जिल्ला विकास समितिको झन्डै रु चार लाखको लागतमा खोलिएको उक्त ई – लाइब्रेरीको उचित व्यवस्थापन नहुँदा बन्द हुन पुगेको हो।
६ वटा कम्प्युटर र प्रिन्टर राखेर सञ्चालनमा ल्याइएको उक्त ई–लाइब्रेरी सर्वसाधारण, विद्यार्थी, सञ्चारकर्मी र सङ्घसंस्थालाई सर्वसुलभ तरिकाले न्यून शुल्कमा कम्प्युटर र इन्टरनेट सेवा प्रदान गर्न सञ्चालनमा ल्याइएको थियो। ई– लाइब्रेरीबारे सर्वसाधारणलाई सूचित नगर्दा ई– लाइब्रेरीले सेवाग्राही पाउन नसकेको जिल्ला विकास समितिका कर्मचारीले बताए ।
ई– लाइब्रेरीमा सेवाग्राहीनै नआएपछि कर्मचारीलाई तलब खुवाएर राख्नु मात्रै परेकाले ई– लाइब्रेरी नै बन्द गर्नुपर्ने अवस्था आइपरेको जिविसका कर्मचारी प्रेम बोकटीले बताउनुभयो। बजारमा उपलब्ध कम्प्युटर र इन्टरनेट सेवाभन्दा यहाँ तेब्बर कम शुल्क भए पनि सेवाग्राही नआएकाले ई– लाइब्रेरीलाई सञ्चालन गर्न नसकिएको उहाँको भनाइ छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




