.
Feature समाचार,
बाँकेको मटेहियामा भीषण आगलागी, डेढसय घरगोठ खरानीमा परिणत I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012
बाँकेको मटेहिया ८ जमुनाहामा भीषण आगलागी हुँदा झण्डै डेढ सय घर जलेर नष्ट भएको छ । स्थानीय नन्कौ अहिरको घरमा भोज चलिरहेको अवस्थामा साझ ५ बजे तिर नानु अहिर र रनु अहिरको घरबाट एक्कासी आगलागी सुरु भएको गाउँलेहरुले बताएका छन् । घरका सबैजना भोजमा सहभागी हुन गएकोले आगलागीको कारण बारे थाहा हुन नसकेको प्रहरीले जनाएको छ ।
आगलागिको जानकारी हुना साथ नियन्त्रणका लागि नेपालगञ्जबाट दमकल पठाइएको भए पनि राती ९ बजे मात्र दमकल घटनास्थल पुगेको स्थानीयबासीले बताएका छन् । जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक उदय तामाङका अनुसार हिजो बेलुका ५ बजेदेखि लागेको आगो आज बिहान ४ बजे मात्रै स्थानियबासी नेपालल प्रहरी सशस्त्र प्रहरीको सकृयतामा नियन्त्रणमा आएको हो ।
आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरीक्षक उदय तामाङ र वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रहरी निरीक्षक ऐन मल्लको कमाण्डमा बेग्लाबेग्लै प्रहरी टोली पठाइएको थियो । आगलागीमा परी घर गोठ जलेपछि मटेहिया गाउँमा रुबावासी चलेको छ । आगलागी भएको स्थान बाँकेका सदरमुकाम नेपालगञ्जबाट करिव ५० किलो मिटर दक्षिण पूर्व भारतीय सिमासँग जोडिएको छ । आगलागीबाट पीडितहरुका लागि तत्काल राहतको व्यवस्था मिलाउन स्थानीय प्रशासनले पहल गरेको छ ।
जिल्ला प्रशासन कार्यालय, बाँकेका निमित्त प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले आजै नै राहतसहितको सरकारी टोली त्यसतर्फ जाने जानकारी दिनुभयो । यसअघि पनि मटेहिया नजिकैको कालाफाँटा ५ रतैया गाउँमा आगलागी हँुदा ९८ घर गोठ जलेर नष्ट भएका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




