.
Feature समाचार,
माओवादीको संस्थापन र वैद्य पक्षबीच भएको छलफल निष्कर्षविहिन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 13 June 2012

जेठ ३०,काठमाडौं – पार्टी फूट्नबाट जोगाउन माओवादीको संस्थापन र वैद्य पक्षबीच भएको छलफल विना निष्कर्ष सकिएको छ । वरिष्ठ उपाध्यक्ष मोहन वैद्य किरणको निवास झण्डै चार घण्टा छलफल भएपनि वार्ता निष्कर्षमा पुग्न नसकेको हो ।
वार्तामा प्रचण्डले असार १ गतेको भेला रोक्न र आफूले पनि गर्न लागेको विस्तारित बैठक रोक्ने प्रस्ताव गरेपनि वैक्ष पक्षले खरिपाटीदेखि भैरहेका पार्टी निर्णय उल्लंघनको जिम्मेवारी लिएर अध्यक्षले राजिनामा नदिएसम्म सँगै बस्न नसकिने अडान राखेको छ । बैठकले शान्ति प्रक्रियामा गंभीर गल्ती भएको बताएपनि प्रचण्डले सामान्य गल्ती भएको र त्यसका लागि पार्टी जोगाउन राजिनामा दिन तयार रहेको दोहोर्याउनुभएको छ ।
बैठकपछि माओवादीको वैद्य पक्षका सचिव सीपी गजुरेलले आज सामान्य छलफल भएको र कुनै निष्कर्ष ननिस्केको जानकारी दिनुभयो । बुधबार अध्यक्षले आफ्नो पक्षसित छलफल गरेर लिखित रुपमा पार्टी जोगाउनका लागि प्रस्ताव पेश गर्ने र थप छलफल हुने जानकारी दिनुभयो ।
बैठकपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छलफल सकारात्मक रहेको र छलफल जारी रहने जानकारी दिनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




