.

,

गाइगोरुले समेत रक्सी खान थाले I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE



अब रक्सी खाएर मात्तिने मामिलामा मान्छेलाई मात्र दोष दिने ठाउँ रहेन । यो पृथ्वीमा अब मान्छेलाई लखेटेर गाइगोरुले समेत रक्सी खान थालेका छन् । अमेरिकामा यस्तै भएको छ । म्यासाच्युसेट्सको एक ठाउँमा स्थानीय युवाहरु भेला भएर पार्टी गरिरहेको स्थानमा गाइको एक जत्थाले आक्रमण गरी त्यहाँ ल्याइएको बियर खाइदिएका छन् ।

युवाहरुले पार्टी मनाएर खानपान गरिरहेको ठाउँमा गाइको एक समूह छिरेर युवाहरुलाई लखेटेको र त्यहाँ राखिएका बियर, रक्सी तथा अन्य खाद्य सामाग्र खाइदिएको बताइएको छ । स्थानीय प्रहरीले पनि गाइको एक समूहले युवाहरुलाई लखेटेर त्यहाँ राखिएका बियर लगायतका सामाग्री खाइदिएको पुष्टि गरेको छ ।

गाइले बियर कसरी खाएहोलान् ? भन्ने उत्सुकता जाग्न सक्छ । वास्तवमा गाइले मान्छेले जस्तै गरी बोतल मुखमा राखेर खानसक्ने कुरा भएन । गाइले पहिले खुट्टाले हानेर बोतल फुटाएछन् अनी भुइँमा पोखिएको बियर चाटेछन् । यतिमात्र होइन गाइले त्यहाँ खाएर फ्याँकिएका बोतलहरुमा पनि बियर बाँकी छ की भनेर सबै बोतल फुटाइदिए ।

स्थानीय एक किसानले चराउन लगेको बेला उक्त गाइको बथान केटाहरुको समूहमा आक्रमण गर्न पुगेको थियो । पछि उक्त किसानले आफ्ना गाइलाई त्यहाँबाट धपाएर गोठमा लग्यो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर