.
entertainment feature Feature भिडियो समाचार समाचार,
प्रकाश ओझासँग एमएमएस काण्डमा मुछिएकी नायिका जेसिकाले गरिन आत्महत्या I With video
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Tuesday, 12 June 2012
नायिका जेसिका खडकाले २९ जेठ राति आत्महत्या गरेकी छिन् । ६ वर्षअघि गायक प्रकाश ओझासँग एमएमएस काण्डमा मुछिएकी उनी पछिल्लो समयमा नेपाली फिल्म क्षेत्रमा ब्यस्त थिइन् । फिल्म क्षेत्रमा प्रवेश गरेपछि ज्योतिबाट जेसीका बनेकी उनले आधा दर्जन नेपाली फिल्ममा काम गरिसकेकी थिइन् ।
विगतलाई भुलेर नयाँ आत्म विश्वासकासाथ कला क्षेत्रमा सक्रिय उनले राजधानीको न्युरोड नजिकै, झोँछेस्थित डेरामा आत्महत्या गरेको प्रहरीले जनाएको छ। डेरामा एक्लै रहदै आएकी जेसीकाले राती आत्महत्या गरेपनि प्रहरीले विहान साढे ६ बजे मात्र थाहा पाएको थियो ।
आत्महत्याको कारण खुल्न नसकेपनि प्रहरीले नायिका खडकासँग राती २ बजे मोबाइलमा कुरा गर्ने फिल्महरुमा प्रोडक्सन म्यानेजरको काम गर्ने बालदिप राईलाई नियन्त्रणमा लिएको जनाएको छ ।
उनले अभिनय गरेको जंगल क्विन २ नामक फिल्म प्रर्दशनको तयारीमा रहेको छ। पछिल्लो समयमा जेसीका निर्माता निर्देशक बाबु बलामीका फिल्महरुमा ब्यस्त थिइन् । जंगल क्विन फिल्म बनाउने बलामीले निर्माण गर्ने भनिएको लक्की सेभेन सहित अन्य केहि फिल्ममा समेत ज्योतिलाई नै लिइएको बताईएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




