.
Feature समाचार,
असार १ गतेको बृहत् जनसभा सफल पार्न माओवादीको निर्देशन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 10 June 2012

जेष्ठ २८,काठमाडौं -आगामी असार १ गते आयोजना गरिनलागेको बृहत् जनसभालाई सफल बनाउनका लागि माओवादीले आइतबार नेवाः राज्य समितिका कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।
ललितपुरस्थित खन्ना गार्मेन्टमा आयोजना गरिएको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै नेवाः राज्य समितिका सचिव नारायण दाहालले असार १ गतेको जनप्रर्दशन रणनीतिक महत्वको भएकाले त्यसलाई जसरी भए पनि सफल बनाउनका लागि जुट्नुपर्नेमा जोड दिए ।
कार्यक्रमलाई सफल बनाउन प्रत्येक घरबाट जनतालाई सहभागिताका लागि आहृवान गर्दै जनप्रर्दशनलाई भव्य र व्यवस्थित बनाउनका लागि अनुरोध गर्नुपर्नेमा उहाँले कार्यकर्ताहरुलाई निर्देशन दिए ।
माओवादी पोलिटब्युरो सदस्य हिसिला यमीले पहिचानसहितको सङ्घीयता र सङ्घीयतासहितको संविधान कांग्रेस-एमाले कारण सम्भव नभएको भन्नेबारे जनतालाई जानकारी गराउनका लागि जनप्रर्दशन कार्यक्रम आयोजना गरिनलागेको बताइन् ।
उनले पार्टी फुटाउन खोज्नेहरुलाई समेत सो कार्यक्रमले एकताका लागि बाध्य बनाउने र पार्टी एकताको आधार तयार पार्ने विश्वास व्यक्त गरिन् ।
जनप्रदर्शनमा विभिन्न आदिवासी जनजाति नेताहरुको समेत सहभागिता रहने बताइएको छ । प्रशिक्षण कार्यक्रममा नेवाः राज्य समितिअन्तर्गतका २०० भन्दा बढी कार्यकर्ताको सहभागिता रहेको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




