.

,

माओवादी ट्रेड युनियनमा पुन: जमरकट्टेल I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


काठमाण्डौ । प्रचण्ड, वैद्य र बाबुराम समूहवीच तिब्र बिबाद भएपछि माओवादीले एक बर्ष पहिले बिघटन गरेको ट्रेड युनियन महासंघ पुर्नस्थापना भएको छ ।
बिबाद मिलाउन भन्दै केन्द्रीय समितिले स्थायी समिति सदस्य पोष्टबहादुर बोगटीको संयोजकत्वमा पाँचौ राष्ट्रिय सम्मेलन आयोजक समिति गठन गरेको थियो । तर बिबाद मिल्नुको साटो वैद्य पक्षले छुट्टै संगठन बनाएपछि संस्थापन पक्षले सालिकराम जमरकट्टेलको अध्यक्षमा २०६५ सालमा निर्वाचित ९३ सदस्यीय कार्यसमिति पुर्नस्थापना गरेको हो ।
आइतवार केन्द्रीय कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष सालिकराम जमरकट्टेलले पछिल्लो दिनमा संगठन निष्क्रिय भई बिघटन हुने खतरा बढेकाले पार्टीसँग समन्वय गरि पुर्नस्थापना गरिएको बताउनुभयो । हालै वसेको माओवादी केन्द्रीय समितिको वैठकले कार्यसमिति पुर्नस्थापनाको निर्णय गरेको भनिएपनि पार्टीले आधिकारीकरुपमा निर्णय सार्वजनिक गरेको छैन, संगठनले आफैं पुर्नस्थापित भएको घोषणा गरेको छ ।
यसअघि अन्तरसंर्घषका क्रममा भएका गल्ती तथा कमीकमजोरीलाई सच्चाउने र आगामी दिनमा हुने समस्यालाई मित्रवत ढंगले हल गर्ने जमरकट्टेलले बताउनुभयो ।
पत्रकार सम्मेलनमा यसअघि सालिकरामबिरुद्ध भिडन्तमा उत्रिएका बाबुराम पक्षधरका मजदुर नेता पनि उपस्थीत थिए । वैद्य पक्षले पार्टी फुटाउने तयारी गरिरहंदा मजदुरहरु त्यतातिर आर्कषिर्त हुनसक्ने खतरालाई ध्यान दिंदै संगठन जोगाईराख्न संस्थापनपक्षको सहमतिमा यस्तो निर्णय गरिएको बताइएको छ ।
केही दिन अघि नेवा राज्य समितिको वैठकमा जमरकट्टेलसहितका नेताहरुले वैद्य समूहले अलग्गै संगठन बनाइसकेको अबस्थामा पुरानो कार्यसमिति पुर्नस्थना नगर्नु कारवाही गरेसरह हुने भन्दै आक्रोश पोखेका थिए । पुर्नस्थापना नगरिए असार १ गतेका लागि आयोजना गरिएको प्रर्दशनमा मजदुरले भाग नलिने चेतावनी दिएपछि नेतृत्वले बाध्य भएर पुर्नस्थापना गरेको स्रोतको दावी छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर