.
Feature समाचार,
अध्यादेश जारी नगर्न राष्ट्रपतिलाई विपक्षी गठबन्धनले ज्ञापनपत्र बुझाउने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
विघटन भैसकेको संसदमा रहेका सत्तधारी बाहेकका दलहरुले सरकारले ल्याउने तयारी गरेका अध्यादेशहरु जारी नगर्न आज राष्ट्रपति डा, रामवरण यादवलाई औपचारिक आग्रह गर्ने भएका छन् ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माले, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय जनशक्ति पार्टीलगायतका एक दर्जन बढी दलको हिजो बसेको वैठकबाट राष्ट्रपतिलाई औपचारिक ज्ञापन पत्र नै बुझाएर अध्यादेश जारी नगर्न आग्रह गर्ने निर्णय गरेका हुन ।
यस्तै दलहरुले सरकार स्वेच्छाचारी ढंगले जान खोजेको ठहर गर्दै अब सडकबाटै सरकार फाल्ने प्रतिवद्धता जनाएका छन् । नेपाली सेना माओवादीको कब्जामा आईसकेको भन्ने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अभिब्यक्तिप्रति आपत्ति जनाउँदै दलहरुले यस भनाइले माओवादी सत्ताकब्जाकै रणनीतिमा रहेको थप पुष्टी गरेको ठहर पनि गरेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




