.
Feature विश्व समाचार,
बौद्धमार्गी र मुस्लिम समुदायवीचको हिंसा, बर्मामा संकटकाल लगाइयो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

बर्माको पश्चिमी क्षेत्रमा बौद्धमार्गी र मुस्लिम समुदायवीचको हिंसा नियन्त्रण बाहिर गएपछि संकटकाल घोषणा गरिएको छ । बर्माका राष्ट्रपति थिन सिनले रकाईन क्षेत्रमा भड्किदै गएको हिंसा रोक्न संकटकाल घोषणा गर्नुभएको हो । हिंसामा हालसम्म १७ जना मारिएका छन् ।
सयौं घाईते भएका छन् । मे महिनाको अन्त्यमा मुस्लिमको आक्रमणमा परी एक बौद्धमार्गी महिला मारिएपछि दुई पक्षबीच हिंसा चर्किएको बीबीसीले जनाएको छ ।
बौद्ध र मुस्लिम बाहुल्य क्षेत्रका बासिन्दा एक अर्काको प्रतिकारमा हतियारसहित उत्रिएपछि संकटकाल घोषणा गरी सेना परिचालन गरिएको हो । बर्माका राष्ट्रपतिले बढ्दो जातीय दंगाले देशमा भइरहेको प्रजातान्त्रिक सुधारलाई असर पार्ने आशंका गर्नुभएको छ ।डिसीनेपाल
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




