.

,

वैदेशिक रोजगार मिडिया टास्कफोर्सको प्रथम बैठक सम्पन्न I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
रवि रोषी, दोहा

गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको वैदेशिक रोजगार सम्बन्धी विभाग हेर्ने टास्कफोर्सको साईबर बैठक सम्पन्न भएको छ । गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सचिव टिवी कार्की संयोजक रहेको सो पहिलो बैठकमा आईसीसी महासचिव तथा टास्कफोर्स सल्लाहकार तेन्जी शेर्पा, मध्यपूर्व संयोजक शेर बहादुर परियार (कतार), एसिया प्रशान्तबाट सहसंयोजक गंगाराज राई, यूरोपबाट सोम सापकोटा, अफ्रिकाबाट(नाईजेरिया) सहसंयोजक बावुराम शर्मा, यूएईबाट छत्र लामा, ओमनबाट एनसीसीका महासचिव सुरज मास्के, वेल्जियमबाट पूर्व आईसीसी सदस्य पुष्पराज अधिकारी, बहराईनबाट एनसीसी अध्यक्ष श्याम तामाङ रहेका थिए ।

३ वटा विषयमा केन्द्रित रही भएको उक्त कार्यक्रमको छलफल एजेण्डाहरु वैदेशिक रोजगारमा देखिएको समस्या र त्यसको समाधान, विद्यार्थीहरुको समस्या र त्यसको निराकरण र घरेलु महिला कामदार तथा अन्य महिलाहरुको समस्याको सन्दर्भमा गहन छलफल भएको थियो ।

यूएईको समस्याको विषयमा व्यक्तिगत भिसा (कम्पनीको मालिक तथा पिआरओ) गएर दुतावासले मागेको आवश्यक सम्पुर्ण कागजातहरु प्रकृयागत ढंगबाट पेस गरी सकेपछि पनि दुतावासले नाता प्रमाणितको कागजात खोज्नु अव्यवहारिक भएको बताए । यूएईमा हत्या अभियोगका आरोपी अमर बहादुर बम संगै परेका अन्य भारतीय आरोपीहरुले नेपाली नागरिक बम निर्दोष भएको अदालतमा बयान दिँदा दिँदै पनि अदालतले बमलाई छुट्कारा नगरेकोले निर्दोष आरोपी बमको जीवन रक्षार्थ राज्यले यूएई सरकारसंग गम्भीर रुपमा प्रस्तुत भई याचना गरेको खण्डमा उनी जेलमुक्त हुने कुरामा कुनै दुई मत नरहेको भन्दै सो गम्भीर प्रकृतिको मुद्दालाई टास्कफोर्सले नेपाल स्थित राष्ट्रपतिलाई टास्कफोर्सको तर्फबाट ज्ञापन पत्र बुझाउने भएको छ ।

बहराइन र ओमानको मुद्दाको बारेमा त्यहाँको समस्या राख्दै नेपाल सरकारको नियमानुसार १० हजार नागरिक भएको अवस्थामा सम्बन्धित देशमा कन्सुलर, महावाणिज्य दूतावास, दूतावास खोलिनुपर्नेमा ५० हजार भन्दा धेरै नागरिकहरुको उपस्थिती भैसकेको आँकडा पेस गर्दा पनि हाल सम्म सरकारले त्यस सम्बन्धमा कुनै ध्यान नपुर्याएको हुँदा सो मुद्दाको बारेमा पनि टास्कफोर्स मार्फतबाट परराष्ट्र मन्त्रालयको गम्भीर ध्यानाकर्षण गराउनुपर्ने रहेको बताए । त्यसको अलावा नेपालीको परिवारजनबाट आफू रहेको सो देशमा बच्चा जन्मिसकेपछि पासपोर्ट बनाउन कम्तीमा पनि ६ महिना लागेको अवस्था पनि अर्को जटिल समस्या सिर्जना भएको जानकारी गराईएको थियो ।

बहराइन र ओमनलाई हेर्ने साउदी अरबको कार्यक्षेत्र भएको हुनाले नेपालको तर्फबाट त्यहाँको सम्बन्धित निकायमा आफ्नो ओहोदाको प्रमाणपत्र बुझाउन नसकेको अवस्थामा थप समस्या झेल्नु परेकोले यस सम्बन्धी पनि सरकारको ध्यानाकर्षण गर्ने बताए ।

पोर्चुगल र स्पेनमा पनि दूतावास खोल्नुपर्ने माग टास्कफोर्सको बैठकमा राखिएको थियो । वैदेशिक रोजगारमा आएका श्रमिकको विदेशमा नै अकाल मृत्यु भएमा मृतकको आश्रित परिवार र बालबच्चाको लालन पालन र शिक्षादीक्षामा प्रत्यक्ष असर पर्ने भएको हुँदा सो समस्याको समाधानार्थ आईसीसी मार्फत कल्याणकारी कोष (फुल कुमारी महतो ) ट्रष्टलाई अझ प्रभावकारी बनाउन टास्कफोर्स मार्फत आइसीसीलाई अनुरोध गर्ने निर्णय गरेको छ ।

नेपालबाट विभिन्न मुलुकमा उच्च शिक्षा हासिल गर्न गएका नेपाली बिद्यार्थीहरुको हकमा अन्य देशको नागरिकलाई कर रहित निश्चित समय काम गर्ने अवसर त्यहाँको सरकारले प्रदान गर्दै आएको अवस्थामा नेपाली बिद्यार्थीहरुको हकमा मासिक जम्मा ६० घन्टा मात्र काम गर्ने अवसर दिँदै आएको र सो मा पनि दोहोरो कर सरकारले असुली गर्ने गरेको कारणले गर्दा उक्त प्रावधान हटाउन टास्कफोर्स मार्फत राज्यलाई घच्घच्याई सम्बन्धित देशलाई अनुरोध गरी समस्या समाधान गर्न पहल गर्ने भएको छ । यसको साथै वैदेशिक रोजगारमा गएका श्रमिकहरु २ बर्ष पुरा गरी नेपाल फर्किएको अवस्थामा सरल तरिकाबाट पुन: श्रम स्वीकृती दिने व्यवस्था मिलाउने बारेमा पनि छलफल भएको छ । यसको साथै एनआरएनहरु रहेको देशमा राज्यले सम्बन्धीत देशको सरकारसंग पहल गरी नेपाली भाषाको स्कुल खोल्न पनि पहल गरिनुपर्नेमा छलफल भयो ।

हरेका देशका एनआरएनहरुले वैदेशिक रोजगार र सुरक्षित आप्रवासको बारेमा स्थानीय स्तरका संस्थाहरुसंग अन्र्तकृया गरी यसको समस्या र समाधानको बारेमा टास्कफोर्स मार्फत आईसीसीलाई बुझाउने सहमति पनि उक्त बैठकमा भएको छ । अक्टोबर ११ को आसन्न एनआरएन डे मा टास्कफोर्सले व्यापक रुपमा पत्रकारहरुको सहभागित गराई विशेष पत्रकार सम्मेलनको आयोजना गरी माथि उठान भएका बहसका बिषय बस्तुहरुलाई निचोडको रुपमा ज्ञापनपत्र बनाई राज्य समक्ष बुझाउने निर्णय पनि गरेको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर