.

,

गोलिकान्डमा पक्राउ परेकालाई निलम्बित गर्दै, हदै सम्म कारबाहीको माग I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
२८ जेठ: एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले नयाँ बजार गोलीकाण्डमा पक्राउ परेका दुवै कार्यकर्तालाई साधारण सदस्यबाट समेत निलम्बन गरेको छ। विज्ञप्तिमा घटनाका मुख्य अभियुक्त मनोज खत्रीलाई तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्न माग गरेको छ। गोली प्रहार गर्ने खत्री फरार छन्।

अनेरास्ववियुले आज विज्ञप्ति जारी गर्दै पक्राउ परेका अस्कल स्ववियु उपसभापति तथा केन्द्रीय सदस्य वीरबहादुर राउत र क्याम्पस कमिटीका सदस्य मुकेश नेपालीलाई साधारण सदस्यबाट निलम्बन गरेको जनाएको हो।
आफ्नै संगठनका नेता र कार्यकर्ता पेस्तोल चलाएर घाइते भएपछि महासचिव किशोरविक्रम मल्लले जारी गरेको विज्ञप्तिमा सरकार शान्ति सुरक्षा प्रदान गर्न पूर्ण असफल भएको आरोप लगाइएको छ।

नयाँ बजारस्थित राउतको कोठामा शुक्रबार बिहान खत्रीले पेस्तोल चलाउने तरिका सिकाउँदा(डेमो गर्दा) अस्कलको प्रारम्भिक कमिटीका उपाध्यक्ष बसन्त शाहीलाई गोली लागेको थियो। अनेरास्ववियुले प्रहरी अनुसन्धानमा सहयोग गर्न र 'राजनीतिक प्रभाव' नपरोस् भनेर साधारण सदस्यताबाट निलम्बन गरेको जनाएको छ। गम्भीर घाइते शाहीको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भैरहेको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर