.

,

मिसनेपाल सृष्टि एनआरएन सद्भावना दुत I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


धर्मराज अधिकारी, बेलायत ।
गैरआवासीय नेपाली संघ (एनआरएन) युकेले मिस नेपाल २०१२ कि विजेता सृष्टि श्रेष्ठलाई एनआरएनसद्भावना दुत घोषणा गरेको छ ।

श्रेष्ठको सम्मानमा ‘इभेण्ट्स एण्ड आइडीयाज’ले आइतबारस्लाउस्थित एज एसियामा आयोजना गरेको कार्यक्रममा एनआरएन युकेका अध्यक्ष कुल आचार्यलेउनलाई सद्भावनना दुत घोषणा गरेका हुन ।

सद्भावना दुत घोषणा गर्दै अध्यक्षआचार्यले मिस नेपाल श्रेष्ठबाट सिंगो एनआरएन र नेपालले ठुलो आशा गरेको बताए ।सामाजिक कार्यमा मिस नेपाल श्रेष्ठको सहभागिताप्रति खुशी व्यक्त गर्दै आचार्यले सिरहार पोखराका पिडित परिवारलाई संकलित रकम उनकै हातबाट दिन आग्रह गरेका थिए ।

कार्यक्रमकोउद्घाटन गर्दै बेलायतस्थित नेपाली राजदुत डा. शुरेसचन्द्र चालीसेले सृष्टि नेपालका लागिठुलो रिसोर्स भएको र उनबाट देशले धेरै फाइदा लिनसक्ने बताए । एनआरएनप्रति देशलेठुलो आशा गरेको स्पष्ट पार्दै चालीसेले सरकार एनआरएनको पहिचान सम्बन्धि कुरामा सकारात्मकरहेको जानकारी दिए ।

पुर्व मिस युकेनेपाल नवीना गुरुङद्धारा सञ्चालित सो कार्यक्रममा मिस नेपाल सृष्टिले प्रकृतिले भरीपुर्ण नेपालमाजन्मिन पाएकोमा आफुलाई गर्व लागेको बताइन । जतिसुकै पिडामा पनि हांस्न सक्नेनेपाली चिनारी विदेशीले पनि सिक्नुपर्ने उनको भनाई थियो । विभिन्न जात तथा धर्मलेओतप्रोत नेपाली समुदायको एकता नेपालीहरुको अर्को परिचय भएको उनले उल्लेख गरीन ।

मिस नेपालप्रतियोगितामा एनआरएन भएकै कारण आफुमाथि प्रश्न उठेको बताउंदै उनले प्रधानमन्त्रीडा बाबुराम भट्टराई र माओवादी अध्यक्ष प्रचण्डसंगको भेटमा नागरिकताको कुराउठाएको जानकारी दिइन ।

सो अवसरमाआयोजक ‘इभेट्स एण्ड आइडीयाज’की डाइरेक्टर शान्ति गुरुङले सृष्टि नेपाल र प्रवासीनेपालीहरुको लागि गौरव भएको बताईन । उनले सहभागिहरुप्रति आभार प्रकट गर्दै मिसवल्र्ड प्रतियोगितामा सफल हुन सृष्टिलाई शुभकामना दिएकी थिइन ।

मिस नेपालसृष्टिको सम्मानमा आयोजना गरीएको सो कार्यक्रममा बेलायतभरबाट सयौं नेपालीहरुसहभागि भएका थिए । एनआरएन युकेले संकलन गरेको रकम सहित कार्यक्रममा उठेको रकम सृष्टिआफै सहभागि भइ पोखरा र सिरहाका पिडितहरुलाई हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ ।

मिस युके नेपाल२०१२ कि सेकेण्ड रनरअप निलम गुरुङले सहभागिहरुलाई स्वागत मन्तव्य दिएकी थिइन । मिसनेपाल श्रेष्ठका माता पिता समेत सहभागि भएको सो समारोहमा बेलायतमा रहेका नेपालीकलाकारहरुले गित तथा नृत्य प्रश्तुत गरेका थिए । कन्दरा ब्याण्डका गायक विवेक श्रेष्ठ, सपनराई, स्नेहा श्रेष्ठ, गायीका सितु खरेल, दिपक गुरुङ लगायतले गितहरु गाए भने सब्रिनाश्रेष्ठ लगायतले नाच देखाएका थिए ।

कार्यक्रमका सहयोगीएवं एज एशियाका प्रोपाइटर सुरेन्द्र श्रेष्ठले उपस्थित भएका हरुलाई धन्यबाद दिएका थिए।

सृष्टिलाई बधाइतथा शुभकामना दिन एनआरएन युरोपका सहसंयोजक लक्ष्य गुरुङ, एनआरएन युकेका उपाध्यक्षथर्कसेन, कोषाध्यक्ष दिलरास गुरुङ, प्रवक्ता जीव नारायण वेल्वासे, एनआरएन पुर्वअध्यक्षहरु सुर्य गुरुङ, मेजर रिटायर्ड डम्मर घले, महन्त श्रेष्ठ, क्याटर्स एशोसिएसनका अध्यक्षविजय थापा, नेपाली टिभिका सिइओ मोहन गुरुङ, पत्रकारमहासंघ बेलायत शाखाका अध्यक्षनवीन पोखरेल, विविसी नेपाली सेवाका सुमन खरेल, लयर्स एशोसियसनका राजु थापा, यतिनेपाली एशोसियसनका उमेश मोक्तान, मिस युके नेपाल गौमायां गुरुङ, एनआरएन सल्लाहकारपशुपति भण्डारी, समाजसेवी नन्द कुमारी गुरुङ लगायतको सहभागिता रहेको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर