.
Feature समाचार,
अन्तराष्ट्रिय बालश्रमविरुद्धको दिवस मनाइदै I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

३० जेठ, काठमाण्डौं । प्रत्येक बर्ष जुन १२ मा मनाईने बालश्रमविरुद्वको अन्तरराष्ट्रिय दिवस नेपाल लगायत विश्वभर बिभिन्न कार्यक्रम गरेर मनाइदैछ । बालबालिका तथा महिलाका क्षेत्रमा काम गरिरहेका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाले आज बालश्रमविरुद्वका विषयमा विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरेका छन् ।
नेपालमा भने १ लाख २७ हजार बालबालिका बालश्रममा लागेको बिभिन्न गैरसरकारी संस्थाले गरेको अध्ययनहरुले देखाएका छन् । बढ्दो गरिबी, अशिक्षा र फितलो काननी व्यवस्थाका कारण पनि बालश्रममा कमि आउन नसकेको बिज्ञहरुको भनाईरहेको छ ।
श्रममा आबद्व बालबालिकामध्ये १२ प्रतिशत बालबालिकाले आफ्नो गाउँघर तथा परिवारबाट टाढा भएर काम गरिरहेको श्रम मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार श्रममा संलग्न बालबालिकामध्ये ५ देखि ९ वर्ष उमेर समूहका २४ दशम्लव ७ प्रतिशत, १० देखि १४ वर्षका ५१ दशम्लव ३ र १५ देखि १७ वर्ष उमेर समूहका २४ प्रतिशत रहेका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




