.
प्रवास समाचार,
युगकवि सिद्धिचरण श्रेष्ठको सम्झनामा अन्तकि्रया I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012
लण्डन ।
युगकवि सिद्धिचरण श्रेष्ठको सतवार्षिकीको अवसरमा साहित्य विकास परिषद् युकेले एक अन्तकि्रया कार्यक्रमको आयोजना गर् यो । परिषद्का अध्यक्ष खगेन्द्र नेपालीको अध्यक्षतामा आइतबार वेम्ली तन्दुरी रेष्टुरेण्टमा सम्पन्न अन्तकि्रया कार्यक्रमको उद्घाटन बेलायतका लागि नेपाली राजदुत डा। सुरेशचन्द्र चालीसेले गरेका थिए । नेपालमा मात्र नभइ नेपाल वाहिर पनि ख्याती कमाएका कवि सिद्धिचरण श्रेष्ठको फोटोमा माल्र्यपण गर्न वेलायतमा रहेका नेपाली साहित्यकारहरुको बाक्लो सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रमुख अतिथि राजदुत डा सुरेशचन्द्र चालीसेले परिषद् नेपाली साहित्यको विकासमा डटेर लागेकोप्रति खुशी व्यक्त गरे । उनले नेपाली कला र संस्कृतिको जगेर्ना गर्नु हामी सबै नेपालीहरुको कर्तव्य र दायित्व भएको बताए ।
एनआरएन युकेका अध्यक्ष कुल आचार्यले नेपाली साहित्य विकास परिषदको नयां नेतृत्वसंग एनआरएनले धेरै अपेक्षा गरेको बताए । उनले एनआरएन नेपालमा लगानीको वातावरण बनाउन लागिपरेको बताउंदै त्यसमा प्रवासी नेपालीहरुको सहभागिता आवश्यक रहेकोमा जोड दिएका थिए ।
महासचिव डा। सुधा श्रेष्ठद्धारा साचालन गरीएको कार्यक्रममा कवयित्री शुशिला कार्कीले स्वागत मन्तव्य दिएकी थिइन ।
कार्यक्रममाथि प्रकाश पार्दै परिषद्का संस्थापक सुरेशजंग शाहले समाजको चिरफार गर्दै धारा प्रवाह कविता लेख्ने कवि सिद्धिचरण आफैमा महान कवि भएको बताए ।
सो परिषद्का पुर्व अध्यक्ष हरीिसंह थापा कोसेलीका मदन थापा परिषद्का उपाध्यक्ष ध्रुब केसी नेपाली प्रतिभा प्रतिष्ठानका अध्यक्ष रक्षा राई अन्तराष्ट्रिय साहित्यिक समाजका होम परिवाग यति नेपाली समाजका उमेश मोक्तान लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रमको अन्त्यमा सहभागि भएका साहित्यकारहरुले आफ्ना साहित्यिक रचनाहरु सुनाएका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




