.

,

अध्यादेश जारी गरिएकोमा काँग्रेस र एमालेको आपत्ति I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त बैठकले सरकारले अध्यादेशमार्फत विभिन्न काम गर्न लागेको भन्दै आपत्ति जनाएका छन्। उनीहरूले सहमति बिना अध्यादेश जारी गर्न नहुने र यस्तो अवैधानिक काम नगर्न सरकारलाई चेतावनी दिएका छन्।

नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहको निवास, चाक्सीबारीमा आज बिहान भएको दुई दलको संयुक्त बैठकले अन्तरिम संविधान र त्यसको मर्मविपरीत अध्यादेश जारी गर्ने तयारी गर्नु अवैधानिक भएको ठहर गर्दै यस्तो कामलाई मान्यता नदिन राष्ट्रपति डा रामवरण यादवलाई आग्रह गर्ने निर्णय समेत गरेको छ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा रामशरण महतले बैठकपछि पत्रकारहरूलाई सङ्क्षिप्त प्रतिक्रिया दिँदै राष्ट्रिय सहमति नगरी सरकारले अध्यादेशहरु जारी गरे त्यो आपत्तिजनक र अस्वीकार्य हुने बताउनुभयो। उहाँले बैठकका निर्णयका सम्बन्धमा भन्नुभयो, “दुई दलको बैठकले सरकारका तर्फबाट अध्यादेश जारी गर्न राष्ट्रपति समक्ष प्रस्ताव गरिए त्यसलाई रोक्न आग्रह गर्ने निर्णय भएको छ।’

त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले असंवैधानिक र कामचलाउ भइसकेको वर्तमान सरकारले अध्यादेश जारी गर्न लागेको खबर बाहिर आएको छ, यो राज्यसत्ता कब्जा गर्ने नियत हो भन्नुभयो। उहाँले सहमति नगरी अध्यादेश जारी गर्नु संविधानसङ्गत नभएको हुँदा त्यसलाई स्वीकृत नगर्न राष्ट्रपतिसँग आग्रह गरिने बताउनुभयो।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर