.
प्रवास समाचार,
हङकङमा तेश्रो खुल्ला पुरुष बास्केटबल प्रतियोगिता सम्पन्न I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

हङकङ -
घान्द्रुक समाज हङकङले आयोजना गरेको "तेश्रो खुल्ला पुरुष बास्केटबल प्रतियोगिता" भब्य रुपमा सम्पन्न भयो । ८ टिम पुन क्लब, गुर्खा टिम, बुल्लेट "बि", बुल्लेट "ए", वानचाई टिम, युन-लुन "ए", युन- लुन "बि" र आयोजक घान्द्रुकले सहभागिता जनाएको उक्त खेलमा युन-लुन "ए" लाई वानचाई टिमले ५३-४९ ले हराएको थियो। युन-लुन "ए" टिमले आयोजक घान्द्रुकलाई हराएर फाइनलमा प्रवेश गरेको थियो । बिजयी वानचाईले बुल्लेट "ए" टिमलाई हराएर फाइनलमा पुगेको थियो। खेलको सैली फरक भएकोले बिजयी र उप-बिजयी टिमलाई प्रमुख अथिति NRN हङकङका अध्यक्ष श्री दुर्गा गुरुङ, घान्द्रुक समाज हङकङका अध्यक्ष श्री चन्द्र गुरुङ र विशेष अथिति नमो बुद्ध आमा समुहका अध्यक्ष पदमा कुमारी गुरुङ र सचिब टिका गुरुंगले अबिर, खाता र प्रमाण पत्र दिएर सम्मान गर्नु भयो । उक्त खेलका बिजयी टिमलाई HK $३००० र HK $ २००० नगद पुरुस्कार दिएको थियो भने उत्कृष्ट खेलाडी युन-लुन टिमका मिल्सन साहीलाई क्रेगी लगाएर सम्मान गरेको थियो।
बिगतका दिनहरुमा जस्तै घान्द्रुक समाज हङकङले आयोजना गरेको खेलमा नेपालको कुनै न कुनै क्षेत्रलाई सहयोग गर्ने उद्देश्य रहेकोले यसपाली समाजले सार्दीखोला र माछापुछ्रे गा.बि.स. मा गएको बढीले पिडित हुनेहरुलाई केहि राहत संकलन र केहि लुगा फाटा संकलन गर्ने उद्देश्यले "MISSION BADI PIDIT " नामकरण गरेको थियो । पानी परेर रोकेएको सितल मौसमको बेलामा दर्सकहरुको पानी घुइचो लागेको थियो । खेलमा अन्दाजी ५० किलो भन्दा बढी लुगा फाटा संकलन भएको खेलकुद संयोजक चक्र गुरुङ बताउनुहुन्छ। "MISSION BADI PIDIT " को नाममा राखिएको चन्दा बक्समा हङकङ डोलर १५७६३.५० भएको समाजका सचिब जगदीश गुरुंगले बताउनुभयो।
यस अघिको पहिलो बास्केटबल प्रतियोगिता "ORPHANAGE CARE MISSION" मा घान्द्रुक समाज होंग्कोंगले ९० किलो लुगा-फाटा संकलन गरि काठमाडौँ र पोखराका अनाथ बल-बालिकाहरुलाई वितरण गरेको थियो भने दोश्रो बास्केटबल प्रतियोगिता "AIMING TO EDUCATE" मा संकलन गरेको रकमले घान्द्रुक र लान्द्रुक गाउको १७०० जान बिधार्थीहरुलाई पाठ्य-पुस्तक वितरण गरेको थियो। नेपाल भ्रमण बर्ष २०११ को भब्य प्रचार प्रसार पछि घान्द्रुक समाज हङकङको यो दोश्रो महत्वपुर्ण र बिशाल कार्यक्रम रहेको दर्शकहरुको भनाइ थियो।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




