.
Feature समाचार,
कांग्रेसमा १० महिना देखिको विवाद साम्य भयो I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Monday, 11 June 2012

३० जेठ,काठमाडौ। दश महिनादेखी जारी भातृसंगठनको विवादमा कांग्रेसमा सहमति भएको छ। सभापति कोइरालाले पठाएको प्रस्ताव प्रति देउवा पक्ष सकारात्मक देखिएपछि विवाद समाधान तर्फ बढेको हो। कोइरालाको प्रस्ताव लिएर कृष्णप्रसाद सिटौला,अर्जुन नर्सिङ के.सी र चन्द्र भण्डारी देउवापक्षका नेताहरु समक्ष पुगेका थिए।
विवाद सहमति नजिक पुगेपछि मंगलवार देखिनै देउवा पक्षिय केन्द्रिय सदस्यहरु केन्द्रिय समितिको बैठकमा सहभागी हुनेछन्। समझदारी अनुसार नेविसंघ,तरुण दल र महिला संघमा देउवा पक्षिय सदस्यहरु थपिनेछ। भातृसंगठनमा थपिने सदस्यहरुको नाम देउवा पक्षले मंगलवारनै पठाउने तयारी गरेको छ भने अन्य विषयमा केन्द्रिय समितिको बैठकमा कुरा राख्ने बताइएको छ। भातृसंस्थाको विवादका कारण देउवा पक्षले गत असोजदेखि नै केन्द्रीय समितिको बैठक बहिष्कार गर्दै आएको छ र नेता देउवाले केन्द्रीय समितिको सदस्यबाट राजीनामानै दिएका थिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




