.
Feature समाचार,
अज्ञात समूहको गोली प्रहारमा भूमिगत नेताको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 17 June 2012
विगत दुई वर्षदेखि रक्सौलको नायकटोला निवासी सोनाउल्लाह मियाँको घरमा डेरा गरी बस्दै आएका यादव रक्सौलबाट मोटरसाइकलमा पार्टीका केन्द्रीय कोषाध्यक्ष वीरेन्द्र यादवसहित कोठातर्फ फर्किनेक्रममा मोटरसाइकलमा सवार दुई युवाले मन्दिर नजिकैको मूल सडकमा बाटो घेरी गोली प्रहार गर्दा मोहितको मृत्यु भएको रक्सौल प्रहरीले जनाएको छ । अज्ञात समूहले चलाएको दुई गोली मोहितको छाती र पेटमा लागी घाइते भएपछि उपचारको लागी अस्पताल ल्याउँदा बाटोमै मृत्यु भएको रक्सौल प्रहरी चौकीका इन्चार्ज प्रहरी निरीक्षक आर.के सिंहले बताउनुभयो ।
मोटसाइकलमा मोहितसंँगै रहेका वीरेन्द्र यादवको अवस्था अज्ञात रहेको र उनलाई पनि गोली लागिएको खबर सुनिएपनि सम्पर्कमा नरहेको कारण केही भन्न नसकिने निरीक्षक सिंहले बताउनुभयो । भूमिगत समूहबीचको आन्तरिक द्वन्द्वका कारण मोहितको हत्या गरिएको हुन सकिने भारतीय प्रहरीले आशङ्का व्यक्त गरेको छ । मृतक मोहितको शव परीक्षणका लागी सदर अस्पताल मोतिहारी पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न अभियुक्तको खोजीकार्य भइरहेको निरीक्षक सिंहले जानकारी दिनुभयो ।
मृतक मोहित पहिला अखिल जनतान्त्रिक मुक्तिमोर्चा गोइत समूहको बारा जिल्ला इन्चार्ज रहे पनि विगत दुई महिनादेखि गोइत समूहलाई परित्याग गरी भगतसिंह समूहमा प्रवेश गरेको भगतसिंह समूहका केन्द्रीय उपाध्यक्ष तुफान सिंहले जानकारी दिनुभयो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




