.
विश्व सुचना र प्रविधि,
चन्द्रमा पहिलो पाइला राख्ने निल आर्मस्ट्रङ धर्तिबाट बिलाए |
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
चन्द्रमामा पहिलो पटक पाइला टेकेर नयाँ किर्तीमान राख्न सफल अन्तरिक्ष यात्री आर्मस्ट्रङको निधन भएको छ। ८२ बर्षका आर्मस्ट्रङको शनिबार मृत्यु भएको परिवारीक स्रोतले जनाएको छ। आर्मस्ट्रङको गत अगस्त ७ मा मुटुको बाइपास सर्जरी गरिएको थियो। मुटुको सल्यक्रिया पछि उनको स्वास्थ्यमा थप जटिलता देखिएपछि उहाँको निधन भएको हो।
आर्मस्ट्रङले सन् १९६९ को जुलाई २० मा ३८ बर्षको हुँदा चन्द्रमाको धरातलमा पहिलो पटक मानव पाइला टेक्नु भएको थियो। आर्मस्ट्रङ नासाको अपोलो ११ मिसनको कमान्डर रहनु भएको थियो। आर्मस्ट्रङको मृत्युको खबर सार्वजनिक भएपछि अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले उहाँको निधनप्रति दुःख व्यस्त गरेको छ। नासाले एक विज्ञप्ती जारी गरी उहाँको साहसिक कदमको प्रसंशा गरेको छ । परिवारले पनि चन्द्रमालाई हेरेर निललाई सम्झन भनेको छ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





