.
सुचना र प्रविधि,
लामो समयदेखिको एप्पलसंगको भिडन्तमा अन्तत साम्सुंग हार्यो, तिर्नेभो अर्बौं डलर जरिवाना I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
स्मार्टफोन बनाउने विश्वका दुई चर्चित कम्पनी एप्पल र सामसुङबीचको कानूनी लडाईमा सामसुङले हार ब्यहोर्नु परेको छ । दुई संस्थाबीच चलेको कानूनी लडाईमा सामसुङले एप्पललाई अब एक अर्ब डलरभन्दा बढी जरिवाना तिर्नुपर्ने छ। अमेरिकाको क्यालिफोर्नियास्थित संघीय अदालतका नौ जना सदस्य रहेको एक जूरीले गरेको फैसलामा सामसुङले एप्पलका केही पेटेन्ट अधिकारको समेत उल्लंघन गरेको उल्लेख छ।
केही उपकरणमा सामसुङले एप्पलका सफ्टवेयर र डिजाइन पेटेन्टको उल्लंघन गरेको फैसलामा भनिएको छ । सामसुङले भने एप्पलले आफ्नो पेटेन्ट अधिकार उल्लंघन गरेको दावी गरेको थियो ।
उक्त दावीलाई भने खारेज गरिएको छ । ब्यापारिक नियमको उल्लंघन गरी सात पेटेन्ट अधिकारको चोरी गरेको भन्दै एप्पलले साढे दुई अर्ब डलर जरिवाना माग गर्दै सामसुङविरुद्ध मुद्दा हालेको थियो । सामसुङले भने एप्पलको मागको प्रतिवाद गर्दै उल्टै उसविरुद्ध ५२ करोड जरिवाना माग गर्दै मुद्दा दिएको थियो । एप्पलले पाँच पेटेन्ट अधिकारको चोरी गरेको आरोप सामसुङको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





