.

,

पोखरा एअरपोर्टका ठेकेदारबाट माओवादीले ५० लाख घुस लिएको खुलासा

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१० भदौ, पोखरा । पोखरामा अन्तराष्ट्रिय बिमानस्थल बनाउनुपर्ने भन्दै यतिबेला पोखरेलीहरु धर्नामा बसिरहेका छन, आन्दोलन गरिरहेका छन् । तर यही एअरपोर्ट बनाउन भन्दै माओवादीभित्र भइरहेको आर्थिक चलखेल यतिखेर छरपष्ट भएको छ । पोखरा अन्तराष्ट्रिय बिमानस्थलमा तारजाली लगाउने र सम्माउने काम पाएका तीनवटा कम्पनीबाट माओवादी नेताहरुले ५० लाख रुपैयाँ घुस लिएको खुलासा भएको छ । हालै माओवादीको तमुवान राज्यसमितस्तरीय वैठकमा कार्यकर्ताबाट चर्को कुरा उठेपछि नेताहरुले रकम लिएको स्वीकार्दै कसलाई कति बाँडियो भन्ने हिसाव-कितावसमेत सार्वजनिक गरेका छन् ।

पोखरा विमानस्थलवाट उड्न लागेको विमान । तस्वीर : सुदर्शन रञ्जित/अनलाइखबर (फाइल फोटो )
शुरुमा पूर्वसभासद् समेत रहेका एमाओवादीका राजकाजी गुरुङ ‘करण’ले एकलौटी ढंगले रकम असुली गरेको भन्ने हल्ला पार्टीभित्र चलेपछि खोजी सुरु भएको थियो । पोखराका एक माओवादी कार्यकर्ता भन्छन-’शुरुमा पूर्वसभासद् करणले एकलौटी ढंगले रकम असुलेको भन्ने हल्ला चल्यो, पछि थोरै-थोरै रकम हो भन्दै जाँदा ५० लाख रुपैयाँसम्म लिएको थाहा भयो ।’
साउन २८ गते आयोजना गरिएको प्रशिक्षण भेलामा एमाओवादीका महाधिवेशन आयोजक समितिका सदस्य एवम् तत्कालिन तमुवान राज्य समितिका सेक्रेटरी हरि अधिकारी ‘कुमार’ले एयरपोर्ट काण्डका विषयमा कार्यकर्ताहरुलाई यर्थाथ जानकारी दिएका थिए । प्रशिक्षण कार्यक्रममा एयरपोर्ट-काण्डको रहस्य खुलाउँदै कुमारले ५० लाख रुपैयाँ रकम ठेकेदारबाट ल्याएको स्वीकार गरेका थिए । उनले सो रकम एमाओवादीका विभिन्न जनवर्गीय संगठनहरुलाई बाँडिएको भन्दै हिसाब-किताब समेत सार्वजनिक गरेका थिए । प्रशिक्षण कार्यक्रममा सहभागी एक कार्यकर्ताले भने-’कुमारले हामी सबैलाई यस विषयमा खुलस्त जानकारी दिदैं अन्यथा नलिन समेत आग्रह गरेका छन् ।’
नयाँ विमानस्थल निर्माणको प्रारम्भिक चरणमा तारजाली र जमिन सम्याउने काममा मात्र झण्डै ११ करोड भन्दा बढि रकम खर्च भईसकेको छ । तिनै कार्यहरुमा सहभागी ठेकेदारबाट पूर्वसभासद् तथा विमानस्थल सम्बन्धी समस्या समाधान कार्यदलका संयोजक राजकाजी गुरुङको नेतृत्वमा सो रकम ठेकेदारहरुबाट लिईएको एमाओवादीले स्वीकार गरिसकेको प्रशिक्षणमा सहभागी एक कार्यकर्ताले बताए । राजकाजीले प्रशिक्षणमा घुसको हिसाव सार्वजनिक गरेको अडियोसमेत अनलाइनखबरसँग सुरक्षित छ ।
एमाओवादीका नेता कुमारले समग्र आन्दोलनलाई नियोजित ढंगले बदनाम गर्न यस्तो हल्ला फैलाइएको भन्दै थप कुरा गर्न नमिल्ने बताए । पूर्वसभासद् राजकाजी गुरुङ ‘करण’ले पार्टीको आन्तरिक नीतिअन्तगत आधिकारिक रुपले नै पसा उठाइएको स्वीकारे । तत्कालिन तमुवान राज्य समितिका इञ्चार्ज तथा हाल माओवादीका केन्द्रीय कार्यालय सचिव हितराज पाण्डे भने बोल्न चाहेनन् ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर