.
Feature अपराध समाचार,
विदेश पठाउने र सरकारी जागीर लागाई दिने प्रलोभनमा पारी ५ करोड भन्दा बढी ठगी गर्ने पक्राउ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 29 August 2012
विदेश पठाउने र सरकारी जागीर लागाई दिने प्रलोभनमा पारी ५ करोड भन्दा बढी ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
बीरगञ्ज १५ घर भई ललितपुर ईमाडोल बस्ने ४० बर्षीय मनोज बहादुर सिंहलाई काठमाडौं रानिबारीस्थित भोजपुरे खाजा घरबाट मंगलबार पक्राउ गरिएको हो । केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले उनलाई आवश्यक कारबाहीको लागी महानगरीय प्रहरी परिसर हनुमानढोका पठाइएको जनाएको छ ।
सिंहको साथबाट विजु कुमाल, राजेनद्र कुमाल, जेपी कुमालको राहदानी, संचार ह्याण्ड सेट (वाकिटक्की), सानो रिवल्भर जस्तो आकार देखिने छालाको खोल (पोज) भित्र राखिएको लाईटर थान, ३ थान चक्कु, रौं सहितको छालाको जस्तो खोल भएको खुकुरी, तुल्सी चौधरी र पुनदेव चौधरीको नाममा नक्कली बेलायत भिषा लागेको फोटोकपि लगायत सामाग्री तथा हतियार बरामद भएको प्रहरीले खुलाएको छ । उनले विभिन्न व्यक्तिबाट ५ करोड २३ लाख ४० हजार भन्दा बढी गठी गरेको केन्द्रीय अनुसन्धान ब्यूरोले बताएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |




