.
Feature समाचार,
सिटिईभिटीमा अनिश्चितकालिन तालाबन्दी I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 29 August 2012
बिभिन्न माग गर्दै नेपाल विद्यार्थी संघ, सीटीईभीटी केन्द्रीय समन्वय समितिले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (सीटीईभीटी) मा अनिश्चितकालिन तालावन्दी गरेको छ । संघले ३ बुँदे माग राख्दै सीटीईभीटीका उपाध्यक्ष, परीक्षा नियन्त्रण कार्यालय, प्रशासन र स्तर निर्धारण महाशाखामा तालाबन्दी गरेको हो ।
संघका कार्यबाहक अध्यक्ष सुशील खड्काले विज्ञप्ती जारी गरी भदौ ९ गते सीटीईभीटीले मुलुकभर संचालन गरेको विभिन्न प्राविधिक विषयको प्रवेश परीक्षामा अनियमितता गर्ने कर्मचारीलाई कारबाही गर्नुपर्ने, परीक्षा नियन्त्रक शिवशंकर घिमिरेलाई तत्काल कारबाही गर्नुपर्ने, प्रवेश परीक्षालाई व्यवस्थित गर्नुपर्ने, नर्सिङ संकायको वैज्ञानिक शुल्क निर्धारण गर्नुपर्ने र आशिंक परीक्षाको नतिजा तत्काल प्रकाशित हुनुपने माग गर्दै तालाबन्दी गरेको बताउनुभयो । संघले विगतमा राखेको ३० बुँदे मागलाई परिषदले सम्बोधन नगरेको भन्दै त्यसलाई सम्बोधन गर्न समेत माग गरेको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





