.
अपराध समाचार,
किर्ते कागज बनाइ जग्गा बेचबिखन गर्ने गिरोह पक्राउ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 29 August 2012
विभिन्न किर्ते कागज बनाई जग्गा विक्री गर्न खोज्ने गिरोहलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले भक्तपुर लोकन्थलीमा रहेको तीन रोपनी ६ आना जग्गा किर्ते गरेको आरोपमा भक्तपुरका अनिल हेक्का, धनकृष्ण भासिमा, विश्वराम सुवाल, मकवानपुरका दिपक क्याल, शंकरप्रसाद भट्टराई र काभ्रेका टंकबहादुर बुढाथोकी र भक्तपुर मालपोत कार्यालयका कर्मचारी कर्णबहादुर विष्टलाई पक्राउ गरेको हो ।
अनिल हेक्का मुख्य योजनाकार भएर काठमाडौं इन्द्रचोकका जग्गाधनी वीरमानन्द अग्रवालको उक्त जग्गामा नक्कली जग्गाधनी खडा गरी किर्ते कागजात बनाई विक्री गर्न खोजेको प्रहरीले जनाएको छ । अभियुक्तहरुले एक जना भारतीय नागरिकलाई हिमालयन होटलमा राखेर सो व्यक्तिको फोटो प्रयोग गरेर वास्तविक जग्गाधनी अग्रवालको नक्कली नागरिकता तयार गरी मालपोत कार्यालयमा समेत वास्तविक जग्गाधनीको फोटो निकाली नक्कली व्यक्तिको फोटो टाँसेर जग्गाधनी प्रमाणपुर्जा लिएको प्रहरीले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





