.

,

डिभोर्स मिडियाले चलाएको हल्ला मात्रै हो : मनीषा कोइराला I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

नेपाली भएर पनि बलिउडमा शीर्ष स्थान ओगटिसकेकी नायिका मनीषा कोइरालाको डिभोर्सको हल्ला असत्य साबित भएको छ । केही साताअघि पतिसँगको सम्बन्धविच्छेदका समाचार सेलाउन नपाउँदै मनीषा काठमाडौं आइपुगेकी छन्, आफ्नी हजुरआमा सुशीला कोइरालाको नाममा भाइ-बुहारी सिद्धार्थ र युलियाले खोलेको सुशीला आर्टस एकेडेमीको उद्घाटनका लागि आएकी हुन ।

महाराजगन्ज, चप्पल कारखानासँगै रहेको एकेडेमीको शनिबार कांग्रेस सभापति सुशील कोइरालासँगै संयुक्त उद्घाटन गरेपछि कोइराला भनिन्- मेरोबारे मभन्दा मिडियालाई बढी चासो भएकोले बेकारको हल्ला आएको हो । हामी पहिले जस्तो थियौं । अहिलेपनि त्यस्तै छौं, ।

केही दिनका लागि नेपाल आएकी उनले बलिउड र नेपाली फिल्म दुवैलाई निरन्तरता दिने भएकी छिन् । म कलाकार भएकोले अरु सोच्न नसकिँदो रहेछ । बीचमा परिवारलाई समय दिँदा फिल्मबाट टाढिएकी थिएँ । अब फिल्म प्रोड्युस समेत गर्ने तयारीमा छु, उनले योजना सुनाइन् ।

राजधानी आएकी उनी रामगोपाल वर्माको पछिल्लो फिल्म भूत २ मा व्यस्त छिन् । भूत २ अक्टोबरमा रिलिज हुँदैछ । दक्षिण भारतका अवार्ड विजेता निर्देशकको फिल्ममा समेत काम गरिरहेकी छु, उनले भनिन् ।

नेपाली फिल्ममा काम गर्दा नेपाली बोल्न पाइने हुनाले उनी लोभिएकी हुन् । त्यसबाहेक नयाँ कलाकार र टिमसँग काम गर्दा केही सिक्ने अवसर पनि पाउने उनको कथन छ । अहिले कुनै पनि नेपाली फिल्ममा अफर नआएको उनले प्रष्ट पारिन् ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर