.
बलिउड,
बलिउड फिल्म इन्डस्ट्रीमा मनिषाको पुनरागमन I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Sunday, 26 August 2012
विगत २० वर्षदेखि बलिउडमा राज गरेकी अभिनेत्री मनिषा कोइरालाले केही समयको अन्तरालपछि फेरि बलिउडमानै आफूलाई स्थापित गराउने जमर्को गरेकी छिन् । उनले अभिनय गरेको फिल्म 'भुत - २' आउँदो अक्टोबरमा रिलिज हुने भएको छ ।
नेपाली चलचित्र 'फेरि भेटौँला' पछि 'धर्मा'मा उनले अभिनय गरेकी थिइन् । केही वर्ष अगाडी व्यवसायी सम्राट दाहालसँग बिबाह गरेकी मनिषाको बैवाहिक जीवनले भने त्यति सफलता पाउन सकेन । आफू भन्दा कम उमेर भएका सम्राटसँग उनले धुमधामले बिबाह गरेकी थिइन् ।
केही समयको ग्यापपछि फेरि सिनेमा उद्योगमा फर्किएकी मनिषालाई आफ्नो प्रोफेसन छोड्न नहुने लागेर नै फर्किएको बताएकी छिन् । फेरि पनि नेपाली चलचित्रमा अभिनय गर्ने अफर आए आफूले नछोड्ने बताएकी मनिषाले बलिउड क्षेत्र पनि नछाड्ने डिसीनेपाल डटकमलाई बताएकी छिन् ।
आफ्ना उमेर अनुसार त्यस्तै रोलहरुलाई आत्मसाथ गर्दै जानुपर्ने बताउँदै उनले बिहेपछि आफ्नो ब्युटिमा केही असर नपरेको बताइन् ।
dcnepal
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





