.
entertainment feature प्रवास,
बाल्टिमोरमा प्रशान्त - अमित सांगीतिक धमाका I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 25 August 2012
शिव विष्ट, बाल्टिमोर
- बाल्टिमोरमा बिगत लामो समय देखि विभिन्न सफल कार्यक्रम प्रस्तुत गरिसकेका युवा समुहको संयुक्त आयोजनामा आगामी सेप्टेम्बर ९, आइतबारका दिन बाल्टिमोरमा ‘प्रशान्त-अमित म्यूजिकल नाइट’ आयोजना हुने भएको छ ।
उक्त कार्यक्रममा इण्डियन आइडल प्रशान्त तामाङ र इण्डियन आइडलका अर्का सहभागी अमित पलको प्रस्तुति रहने आयोजकले जनाएको छ । आयोजकका अनुसार कार्यक्रममा स्थानीय कलाकारहरुले समेत विभिन्न प्रस्तुति देखाउने छन् । बेल एयर रोडको चर्च हल, साँझ ८ बजेदेखि १२ बजेसम्म हुने उक्त कार्यक्रममा सहभागिताका लागि २५ डलर टिकट दर तोकिएको छ ।
उक्त कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्नका लागि आयोजकहरुले शिव विष्ट, अर्जुन सुबेदी र भरत बराइलीको संयोजकत्वमा कार्यक्रम आयोजक कमिटी समेत गठन गरेका छ ।
म्युजिकल नाइटमा आफ्नो प्रस्तुति पस्किन लागिरहेका प्रशान्त तामाङ नेपाल मूलका हुन् । उनी सन् २००७ को इण्डियन आइडल बन्न सफल भएका थिए । भारतीय प्रहरीमा कार्यरत उनले ७० लाख भोट पाएका थिए । उनको जन्म ४ जनवरी १९८३ मा दार्जिलिङमा भएको थियो । इण्डियन आइडल भईसकेपछि उनले नेपाली र हिन्दी गीतहरु समेटिएको ‘धन्यवाद’ गीति एल्बम निकालेका थिए ।
उनले सन् २००८ मा 'नमस्ते' नामक एल्बम निकाले भने सन् २००९ देखि उनले नेपाली चलचित्रहरुमा कलाकारको भूमिकामा समेत अभिनय गर्न शुरु गरेका छन् । उनको पहिलो नेपाली चलचित्र गोर्खा पल्टन र त्यसपछिको अंगालो यो मायामा उनले अभिनय र गायन दुवै छ भने किन माया भन्ने फिल्ममा उनले अभिनय मात्र गरेका छन् । उनले गाएको असारे महिनामा भन्ने गीत अत्यन्तै चर्चित रहेको छ । प्रशान्त तामाङ कार्यक्रममा सहभागी हुन दोस्रो पटक अमेरिका आएका हुन् ।
यस्तै अर्का अमित पल सन् २००७ को इण्डियन आइडलमा फस्टट रनरअप भएका थिए । त्यसपछि उनी एकसे बडकर एक भन्ने जीटीभीको शोमा समेत देखा परेका थिए । २८ डिसेम्बर १९८२ मा भारतको सिलोङ मेघालयमा जन्मिएका पल स्कूल, कलेज पछाडि पुख्र्यौली गार्मेन्ट व्यवसायमा संलग्न भएका थिए ।
उनले अमेरिका, हङकङ, बेलायत, सिंगापुर, नेपाल लगायत थुप्रै देशमा आफ्नो प्रस्तुति देखाईसकेका छन् । "प्यारकी दस्तान" नामक बोलको गीत उनको चर्चित गीत हो । आयोजक कमिटीका अर्जुन सुबेदी ,शिव विष्ट र भरत बराइलीले प्रशान्त-अमित म्यूजिक नाइट सफलतापूर्वक सम्पन्न गर्नका लागि बाल्टिमोर, भर्जिनिया र डी.सी बासि दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्नुभएको छ । उक्त कार्यक्रममा उपस्थित भई कार्यक्रमको रौनक बढाउन र कार्यक्रमबाट भरपूर मनोरञ्जन लिन उहाँहरुले सबै नेपाली तथा भारतीय दाजुभाई तथा दिदीबहिनीहरुमा हार्दिक आह्वान गर्नुभएको हो ।
प्रशान्त-अमित म्यूजिकल नाइट’कार्यक्रमको हार्दिक निमन्त्रणा
शिव विष्ट, अर्जुन सुबेदी र भरत बराइली को संयुक्त आयोजनामा हुन लागिरहेको प्रशान्त-अमित म्यूजिकल नाइट’ कार्यक्रम निम्न मिति, समय र स्थानमा सम्पन हुन गईरहेकोले संपूर्ण संगीतप्रेमी महानुभावहरुलाई उपस्थितिको लागि हार्दिक अनुरोध गर्दछौं ।
कार्यक्रम
मिति: सेप्टेम्बर ९, २०१२ आइतवार
समय: साँझ ८ : ०० बजे
स्थान: St. josheph fullerton Church
8420 Belair Rd,Baltimore, MD ,21236
कार्यक्रम सम्बन्धी विस्तृत जानकारीका लागि सम्पर्क:
अर्जुन सुबेदी - 443-253-1377, शिव विष्ट - 443-927-6456, भरत बराइली - 443-527-3558
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





