.

,

करीनाको बिहेमा ओबामालाई निम्तो ?

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

बलिउड अभिनेत्री करीना कपूर र अभिनेता सैफ अली खानबीच आउँदो अक्टोबरमा बिहे हुने चर्चा छ । हुनत यो प्रेमजोडी कहिले लाइफ पार्टनर बन्ने हो भन्ने कुराको यकिन तिथि मिति भने तोकिइ सकेको छैन । बलिउडका हिरो हिरोइनको बिहे अझ सैफ र करीनाबीचको बिहेको कुराले चर्चा नपाउने कर भएन, अवश्य पनि यो धेरैको चासोको विषय बन्ने नै भयो ।

त्यसैले होला करीना कपूरलाई आफ्नो बिहेको समाचार भारतको संसद देखि लिएर अमेरिकी राष्ट्रपति कार्यालय सम्मै चर्चाको विषय बन्छ भन्ने लागेको रहेछ । भारतीय पत्रिका हिन्दुस्तान टाइम्ससँगको अन्तरवार्तामा करीनाले आफ्नो बिहेको विषय सार्वजनिक चासोको विषय भएकाले भारतीय राज्य सभामा छलफल गरिनुपर्ने बताइन । ‘ओबामाले पनि हाम्रो बिहेको बारेमा छलफल गरिरहेका हुनेछन्’, उनको जिकिर छ, ‘सैफ र करीनाले बिहे गरे भन्ने कुरो ओबामालाई पनि थाहा हुनेछ ।’ अहिले सबै मान्छेहरु अरु राजनीतिक विषयका कुरा गर्न छाडेर आफ्नो बिहेको कुरा मात्र गर्न थालेकोमा आफुलाई अचम्म लागेको भन्दै करीनाले भनेकी छिन, ‘अहिले कोहीपनि मुल्यवृद्धि, चुनाव तथा अरु महत्वपूर्ण विषयमा छलफल गरिरहेको छैन, सबैजनालाई करीना र सैफको बिहे कहिले हुन्छ ? बिहेमा के लगाउँछन् ? कहाँ बिहे हुन्छ ? को को पाहुना हुन्छन् ? भन्ने कुराको मात्र चासो छ ।’
 आफुलाई बिहे कहिले गर्ने भनेर सोधिराखेको कुरा मन नपर्ने भन्दै करीनाले कहिले बिहे गर्ने भन्ने कुरा आफु र सैफलाई मात्र थाहा भए पुग्ने बताइन् । आफु बिहेपछि पनि उत्तिकै सक्रिय भएर सिनेमा क्षेत्रमा खट्ने भन्दै उनले बिहेमा आफ्नो फिल्मी करिअरमा कुनै असर नपार्ने स्पष्ट पारिन् ।


VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर