.

,

पूर्व पञ्चहरुको पार्टी एकताको प्रयास विफल

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

१८ भदौ, काठमाण्डौ । पूर्व पञ्चहरु सहभागी तीनवटा दल राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय जनशक्ति पार्टीवीचको एकता वार्ता भंग भएको छ । योसंगै पार्टी एकीकरण गर्ने प्रयास अन्नतः फेरी पनि विफल भएको छ । अन्तरिम संविधान ०६३ बमोजिममात्रै महाधिवेशनमा प्रस्ताव लग्न सकिने सहमति बहुमतले पास भएपछि थापाले एकता वार्ता बहिष्कार गरेपछि पार्टी एकीकरणको सम्भावना टरेको हो ।
तीन पूर्व पञ्चहरुको दलवीच आइतवारबाट राष्ट्रिय जनशक्ति पार्टीका अध्यक्ष सूर्यवहादुर थापाको निवास
मालिगाउँ चलेको एकता वार्तामा यसअघि भएको सहमति बहुमतले पारित भएपछि त्यसप्रति असहमति जनाउँदै राप्रपा नेपालका अध्यक्ष थापाले सोमवार वार्ता  बहिष्कार गर्नु भएको हो ।  राजतन्त्र लगायतका सवै मुद्दाहरु महाधिवेशनमा लगेर टुंग्याउनुपर्ने कमल थापाको प्रस्तावलाई भने राजपा र राप्रपाले अस्वीकार गरेका छन् । राजपा र राप्रपाले भने अन्तरिम संविधान ०६३ विपरित गए जनताको आन्दोलनबाट प्राप्त उपलब्धीहरु गुम्ने भएकाले कमल थापाको प्रस्ताव आफूहरुलाई अस्वीकार्य रहेको बताएका छन् ।
थापाले वैठक बहिष्कार गरे पनि पार्टी एकताको ढोका भने दुई दलले खुला राखेको राजपा अध्यक्ष सूर्यवहादुर थापाका सहयोगी किरण गिरीले बताउनुभयो । उहाँले भन्नुभयो, -’राप्रपा नेपालका लागि पार्टी एकताको ढोका खुला छ । हामी अझै पनि पार्टी एकताकै पक्षमा छौ । कमल थापा लचकताका साथ आए पार्टी एकता सम्भव छ ।’  यसैवीच वार्तामा चुनावलाई ध्यानमा राख्दै पार्टी एकताका लागि वार्ता र संवाद भने जारी राख्ने सहमति भएको छ ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर