.

,

अनेसास इजरायलद्वारा साहित्यिक भेटघाट कार्यक्रम सम्पन्न I with video

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
इजरायल, भदौ १७,

अनेसास इजरायल च्याप्टरको आयोजनामा सेप्टेम्बर १, २०१२, शनिवार एक साहित्यिक भेटघाटको कार्यक्रम सम्पन्न भएको छ । उक्त अवसरमा मासाभ इजरायलको निमन्त्रणामा कृषि सम्बन्धी प्रविधिको को आदानप्रदान तथा प्रवर्द्धन गर्नका लागि नेपालबाट इजरायल भ्रमणमा रहनुभएका कृषि विकास बैङ्कका प्रतिनिधि तथा कथाकार दिलिप शाह र साहित्य अनुरागी विनोद प्याकुरेलको उपस्थितिसमेत रहेको थियो ।

कथाकार दिलिप शाह र विनोद प्याकुरेलको स्वागतार्थ राखिएको उक्त साहित्यिक भेटघाट कार्यक्रम अनौचारिक रूपमा सञ्चालन गरिए पनि कार्यक्रममा इजरायलमा बसेर नेपाली साहित्यमा कलम चलाउने सर्जकहरूको उत्साह र क्रियाकलाप देखेर कथाकार दिलिप शाह तथा विनोद प्याकुरेलले विदेशको भूमिमा रहेर नेपाली साहित्यमा कलम चलाउने साहित्यप्रेमीहरूको यो उत्साहजनक क्रियाकलामबाट प्रभावित र अति खुशी समेत भएको बताउनुभएको थियो ।

उक्त साहित्यिक भेटघाटमा इजरायलमा कार्यरत साहित्य अनुरागीहरूले उपस्थित महानुभावहरू तथा अतिथिद्वय शाह र प्याकुरेललाई आ-आफ्ना रचनासमेत वाचन गरेर सुनाउनुभएको थियो । रचना वाचन गर्नेहरूमा मुक्तककार कल्पना “भावुक” गिरी, कवियित्री दिप्स शाह, गीतकार लक्ष्मी पोखरेल तथा हरि मानन्धर “विवश” हुनुहुन्थ्यो ।

उक्त कार्यक्रमलाई सार्थक तुल्याउन हर तरहले योगदान दिनुहुने अनेसास इजरायलकि सचिव दिप्स शाहको सक्रिय भूमिकालाई अनेसास इजरायलले हार्दिक धन्यवाद तथा आभार व्यक्त गरिएको छ ।



VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर