.
सुचना र प्रविधि,
पहिलो ल्यापटप डिजाइनर बिल मोरिड्जको मृत्यु I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
पहिलो ल्यापटप डिजाइनर बिल मोरिड्जको निधन भएको छ। वेलायतका प्रख्यात औद्योगिक डिजाइनरले बिलले सन् १९७९ मा पहिलो ल्यापटप सिर्जना गरेका थिए।
क्यान्सर पीडित उनको शनिबार उनको मृत्यु भएको हो। उनले १९७९ मा अमेरिकी सेनाका लागि ग्रिड कम्पास नामको कम्प्युटर डिजाइन गरेका थिए। उनले डिजाइन गरेको यो ल्यापटप पहिलो पटक अमेरिकी सेनाले खरिद गरेको थियो। बोर्ड इन्स्टल गरेपछि यो ल्यापटपको बजारभाउ ८ हजार १ सय ५० डरल तोकिएको थियो।
सन् १९६९ मा बिलले लण्डन केन्द्रित गरेर सुरु गरेको डिजाइन कम्पनी अहिले आइडियो नामबाट बहुराष्ट्रिय कन्सल्टेन्सी बनेको छ।
उनी स्ट्यान्ड फोर्ड विश्वविद्यालयका कन्सल्टिङ एशोसिएट प्रोफेसर थिए।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





