.

,

उद्योगको विकासमा सहयोग गर्न सरकार तयार- प्रधानमन्त्री भट्टराई I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE


प्रधानमन्त्री डा बाबुराम भट्टराईले छिमेकी देश चीन र भारतले हासिल गरेको दोहोरो अंकको आर्थिक वृद्धिदरवार नेपालले पनि फाइदा लिनु पर्ने वताउनु भएको छ । प्रधानमन्त्रीले दोहारो आर्थिक वृद्धिदरका हासिल गर्न घरेलु तथा साना उद्योगको विकासमा जोड दिनु भयो । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको २० औँ राष्ट्रिय महाधिवेशन तथा १८ औँ राष्ट्रिय महिला उद्यमी सम्मेलनको मंगलवार राजधानीमा उद्घाटन गर्दै प्रधानमन्त्रीले घरेलु तथा साना उद्योगको प्रवर्द्धनका लागि वर्तमान सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै मुलुकको औद्योगिक उन्नयनका लागि आफू दृढ रहेको बताउनुभयो । उहाँले स्वदेशी उद्योगको प्रवर्द्धनका निम्ति सरकारले आवश्यक नीति तर्जुमा गरिरहेको जानकारी दिनु भयो ।

घरेलु तथा साना उद्योगको विकासका लागि सरकारले अवलम्बन गरेको नीतिबारे जानकारी दिदै प्रधानमन्त्रीले भन्नुभयो,’ पन्ध्र प्रतिशत महँगी भए पनि स्वदेशी वस्तु खरिद गर्ने नीति अख्तियार गरिएको छ । ‘ घरेलु उद्योगका उत्पादनको बजार विस्तारका लागि पनि सरकारले सक्दो सहयोग गर्ने भट्टराईले आश्वासन दिनुभयो । देशभित्र विद्यमान अपार स्रोत र साधनको उपयोग गर्दै स्वदेशमा नै रोजगारीका अवसर सिर्जना गर्न सरकार लागिपरेको उल्लेख गर्दै उहाँले युवा स्वरोजगार कार्यक्रममार्फत युवावर्गलाई विदेश पलायन हुनबाट रोक्ने प्रयास भइरहेको जानकारी दिनुभयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर