.
Feature समाचार,
विद्यार्थीलाई ग्यास र तेलमा ३३ प्रतिशत छुट उपलब्ध I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 8 September 2012
भाद्र २२ - प्रधानमन्त्री बाबुराम भट्टराई ले विद्यार्थीलाई यथाशक्य चाँडो रासन कार्ड र ग्यास तथा पेट्रोलियम पदार्थमा ३३ प्रतिशत छुट उपलब्ध गराउने प्रतिबद्धता जनाएका छन् ।
अनेरास्ववियु (क्रान्तिकारी), संयुक्त लोकतान्त्रिक मधेसी मोर्चानिकट विद्यार्थी सङ्गठन, नेपाल राष्ट्रिय
विद्यार्थी फेडेरेसन तथा नेपाल विद्यार्थी परिवारलगायत आठ विद्यार्थी सङ्गठनको संयुक्त ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्री भट्टराईले विद्यार्थीसँग सरकारले गरेका पूर्वसहमति चाँडै कार्यान्वयन गर्ने आश्वासन दिए ।
सरकारले पेट्रोलियम पदार्थमा मूल्य बढाएपछि विद्यार्थी सङ्गठन यही भदौ १९ गतेदेखि आन्दोलनमा छन् । आन्दोलनका क्रममा उनीहरूले दैनिक बिहान १० बजेसम्म कलेजअगाडि गाडीको आवतजावत अवरुद्ध गर्दै आएका छन् ।
प्रधानमन्त्रीसँग विद्यार्थी सङ्गठनले अमेरिकी कम्पनीद्वारा उत्पादित जुत्तामा बुद्धको तस्बिर राखिएको विषयप्रति सरकारी धारणा प्रस्ट पार्न माग गरेका थिए । उनीहरूले मनोरञ्जनका नाममा नेपाली चलचित्रका अश्लील तस्बिर बजारमा यत्रतत्र टाँस गर्ने कार्यमा पनि नियन्त्रण गर्न माग गरेका थिए ।
मधेसी विद्यार्थी फोरम (लोकतान्त्रिक)का अध्यक्ष कपलेश्वर यादवका अनुसार प्रधानमन्त्री डा भट्टराईले बुद्धको तस्बिर जुत्तामा राख्ने कम्पनीलाई नेपालमा निषेधित गर्ने तथा अमेरिकी सरकारलाई पनि उक्त कम्पनी खारेज गर्न आग्रह गर्ने आश्वासन दिए ।
प्रधानमन्त्रीले काठमाडौँ महानगरपालिकालाई बजारमा टाँसिएका चलचित्रका अश्लील पोस्टर हटाउन निर्देशन दिने बताएको यादवले जानकारी दिए ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





