.
Feature समाचार,
भारतमा बेच्न लागिएका तीन युवतीको उद्धार I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Saturday, 8 September 2012
भारतका विभिन्न वेश्यालयमा बेच्न लैजान लागिएका तीनजना युवतीलाई उद्दार गरिएको छ । पर्सा जिल्लाको ठोरी नाकाबाट वैदेशिक रोजगारीका नाममा भारत लैजान लागिएका ती युवतीहरुलाई स्थानिय बासिन्दाले उद्धार गरेका हुन् ।
उनीहरुले ती युवतीहरुलाई भारत लैजान लागेका दुई दलालहरुलाई समेत पक्राउ गरी प्रहरीलाई बुझाएका छन् । विदेशमा काम गर्न लैजाने भन्दै तीनजना युवतीलाई पोखराबाट चितवनको माडी, ठोरी हुँदै भारतको दिल्लीतर्फ लैजान लागेको अवस्थामा शङ्कास्पद गतिविधि देखिएपछि स्थानीय बासिन्दाले उनीहरुलाई प्रहरीसमक्ष बुझाएका हुन् ।
पोखरा उपमहानगरपालिका-१ का हीराबहादुर सार्की र चितवनका मङ्गलबहादुर परियारले कास्की जिल्ला लेखनाथ नगरपालिका-१३ निवासी २४ वर्षीया शर्मिला सुनुवार, २१ वर्षीया विष्णु सुनुवार र १८ वर्षीया मुना विकलाई दिल्ली हुँदै रोजगारीका लागि कुवेत पठाउन लागेको बताएपछि स्थानीय बासिन्दा तथा महिला परालिगल कमिटी ठोरीले निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय ठोरीको जिम्मा लगाएका हुन् । प्रहरी नियन्त्रणमा रहेका युवतीलाई माइती नेपालमार्फत अभिभावकको जिम्मा लगाइने तयारी भइरहेको तथा दलाललाई कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालयमा बुझाइने इलाका प्रहरी कार्यालयले जनाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





