.

,

नेपाली जनसम्पर्क समिति स्पेनको दोस्रो नियमित बैठक सम्पन्न I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
बेदराम कंडेल, स्पेन
- नेपाली जनसम्पर्क समिति स्पेनको दोस्रो नियमित बैठक ३ सेप्टेम्बर २०१२ का दिन अध्यक्ष श्री चिन्तामणि सापकोटाको अध्यक्षतामाबसी विभिन्न प्रस्ताव माथि छलफल गरि निर्णय गरियो।

नेपालको पर्यटकीय बिर्धि बिकासको लागि स्पेनमा रहेका स्पेनिसहरु तथा अन्य मुलुकबाट स्पेनमा बसोबास गर्ने मानिसहरुको नेपाल सम्बधित जानाकारीको लागि आवाश्यक सामाग्रीहरु स्पेनिस पुस्तकालयमा अति कम पाइएकाले स्पेनिस पुस्तकालय बार्सिलोना तथा अन्य ठाउँमा पनि नेपाल र नेपाली सम्बन्धित जानाकारी मुलक पुस्तक, पर्चा, पम्पेट, भिडियो, सी.डी. नेपाली कला, संस्कृति, धर्म झल्किने अन्य सामाग्रीहरु पर्यटन बोड नेपालको कार्यलय संग परामर्स गरि धेरै भन्दा धरै ल्याउनको लागि नेपाली जनसम्पर्क समिति स्पेनका साधारण सदस्य संजय प्रताप राणालाई पूर्ण जिम्मेवारी दिएको छ।

रोजगार तथा पेशाका लागि पोखरा घर भई हाल बार्सिलोना स्पेनमा ५ वर्ष देखि रहनु भएका राममणि गौली बिगत ४ बर्ष देखि बिरामी हुनुभएको सबै स्पेनवासी नेपाली संघ संस्था, दाजु भाई तथा दिदी बहिनीहरुलाई जानाकारी छदै छ, उहाँ बिगत ४ बर्ष देखि नै अस्पतालको शैयामा उपचारार्थ हुनुहुन्छ, जनसम्पर्क समिति स्पेनले उहाँको सु-स्वास्थ्य उपचारको लागि डाक्टर संगको परामर्स तथा आर्थिक सहयोग गर्दै आइरहेको छ यो कुरा सबै नेपाली संघ संस्थालाई जानकारी छदै छ र आज ३ सेप्टेम्बर २०१२ का दिन उहादुवार ऋण सहयोगको लागि पठाउनु भएको निबेदन माथि छलफल गरी १०० यूरो सहयोग गर्ने निर्णय गरियो।

गैरआवासीय नेपाली संघ स्पेनले विजयादशमी तथा दिपावली २०६९ को पावन अबसरमा प्रकाशित गर्न लागेको स्मारिकाको लागि जनसम्पर्क समिति स्पेनले विजयादशमी तथा दिपावालिको शुभकामना लेख पुरा पेजको पठाउने निर्णय गरियो।

जनसम्पर्क समितिले बार्षिक रुपमा खेलाउदै आइरहेको जननायक बि.पी. कोइरालाको स्मिर्तीमा बि.पी. कप भलिबल प्रतियोगिता यही १० सेप्टेम्बर २०१२ को लागि तयारी पुरा भएको जानाकारी संयोजक बरिष्ठ उपाध्यक्ष श्री शालिक राम डुम्रेले जानाकारी गराउनु भयो साथै सम्पूर्ण नेपाली दाजु भाई तथा दिदी बहिनीहरु नेपाली संघ संस्थालाई उपस्थितिको लागि अनुरोध गर्नुभयो।

नेपाली जनसम्पर्क समिति स्पेनको तेस्रो महाधिवेशन पछि अध्यक्षद्वार मनोनित उपाध्यक्ष बिनोद ढकाल, सहमहामन्त्री प्रकास अधिकारी, सदस्य दोय भक्तराज भुसाल र, प्रकास तिमिल्सीना साथै पदेन सल्लाहाकार सदस्य निबर्तमान अध्यक्ष एक राज गिरीलाई शुभकामना दिनु भयो।

बेद राम कंडेल
महामन्त्री
नेपाली जनसम्पर्क समिति स्पेन

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर