.
Feature समाचार,
यौन व्यवसायको अखडा बन्दै - काठमाडौँ I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
२३ भदौ, काठमाण्डौं । राजधानीमा दिन प्रतिदिन यौन व्यवसाय फस्ताउदै गएको छ। राजधानीका डान्सबार देखि लिएर रेष्टुरेन्ट,क्याबिन लगायत ठुला भनिने होटलहरुमा खुलम खुल्ला यौन व्यवसाय चलेको पाइन्छ।
यस्तै कमलपोखरीस्थित सिटी सेन्टरछेउको घरमा पाँचजना युवतीले एउटा फ्ल्याट लिएका छन् । २० बर्षदेखि २५ बर्षको उमेरका ती युवतीको रहनसहन हेर्दा उनीहरु घरनियाँ परिवारका छोरीजस्ता देखिन्छन् । पेसा सोध्दा विद्यार्थी हो भन्छन्, तर साँझपख महँगा कार लिएर लोग्ने मान्छेहरु लिन आउँछन् । प्रष्ट छ युवतीहरु विद्यार्थी होइनन् यौन-व्यवसायी हुन् ।
एक छिमेकीले भने-’उनीहरुको रहनसहन हेर्दा महिनामा लाखौंको जागिर खानेजस्तो देखिन्छ ।’ ग्राहक खोज्न कामुक कपडा लगाएर सिटी सेन्टरको फुडकोर्टमा पनि बस्छन् । कुरा मिल्ने वित्तिकै कार अथवा ट्याक्सीमा उनीहरु निस्कने गरेका छन्।
नेपालमा अवैध यौन-व्यवसायको यो पनि एउटा उदाहरण हो । सरकारले यसलाई नियन्त्रणको प्रयास गरेपनि राजधानीका टोलटोलमा विभिन्न तरिकाले यौन-व्यवसाय फैलिरहेको छ । यौन व्यवसाय नियन्त्रणको अभियानमा लागेको प्रहरीले शुक्रबार मात्रै चार जोडिलाई यौनबर्द्धक औषधि सहित पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





