.
Feature विश्व समाचार,
चीनमा शक्तिशाली भूकम्प,५३ जनाको मृत्यु,कैयौ घाइते तथा विस्थापित I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
चीनको दक्षिण-पश्चिममा भएको भूकम्पमा कम्तीमा ५३ जनाको मृत्यु भएको छ भने १५० जना भन्दा बढी घाइते भएका छन् । चिनिया संचार माध्यम सिन्ह्वाका अनुसार २० हजार भन्दा बढी घरमा क्षति भएको छ ।
भूकम्प मापन केन्द्रका अधिकारीले जनाएको अनुसार भूकम्प ५.७ रेक्टर स्केलको थियो । भूकम्पका केन्द्र २७.५ डिग्री उत्तर भागमा थियो भने १०४.० डिग्री पूर्वका देशतिर करिब १४ किलोमिटरको गहराईमा रहेको थियो ।
भूकम्प प्रभावित क्षेत्रमा उद्वारको काम व्यापक मात्रामा भइरहेको पनि सरकारी निकायहरुले बताएका छन् । भूकम्पबाट दक्षिण पश्चिमी चीनका युनान र गुइजाउ प्रान्त प्रभावित भएका छन् । युनान प्रान्त बढी प्रभावित भएको सरकारी अधिकारीहरुले जनाएका छन्।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





