.
Feature समाचार,
रहेनन् गणतन्त्रवादी नेता रामराजा, राजकीय सम्मानका साथ् अन्त्यष्टि गरिने I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
गणतन्त्रवादी नेता रामराजा प्रसाद सिहको निधन भएको छ । उहाँको उपचारको क्रममा आज बिहान शिक्षण अस्पतालमा निधन भएको चिकित्सक डा. केपी सिंहले जानकारी दिनु भयो । ७७ वर्षीय सिंह मृगौला र हाड तथा नसा सम्बन्धी रोगबाट पीडित भएपछि १० दिन अघि अस्पताल भर्ना हुनुभएको थियो । सिहको अवस्था गम्भिर भएपछि हिजो साँझ उहाँलाइ सघन उपचार कक्षमा भर्ना गरिएको थियो । पञ्चायत कालमा सार्वजनिक रुपमै गणतन्त्रको वकालत गर्नु भएका सिहलाइ एकिकृत नेकपा माओवादीले राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार बनाएको थियो ।
वि स २०४२ सालको बम काण्डमा संलग्न रहेको भन्दै अदालतले सिहलाइ मृत्युदण्डको सजाय सुनाएको थियो । वि स २०४७ सालमा प्रजातन्त्रको पुनस्र्थापना पछि मृत्यु दण्डको सजाय सरकारले फिर्ता लिएको थियो । सन १९३६ मा सप्तरीमा जन्मनु भएको सिह लामो समय भारतमा निर्वासित जीवन बिताउनु भएको थियो ।
जमिन्दारको परिवारमा जन्मिए पनि गरिब गुरुवाका निम्ति लडेका सिंह विश्वमा क्रान्तिकारी छवि बनाएका नेता चे ग्वेभारालाई भेट्ने एकमात्र नेपाली राजनीतिज्ञ हुन । चे ग्वेभारासँग भेटेपछि सिंहले नेपालमा पनि गुरिल्ला युद्धको आवश्यकता औँल्याएका थिए ।
उहाँको आजै राजकीय सम्मानका साथ अन्तिम दाहसस्कार गर्ने तयारी गरिएको छ । सिंहलाई राजकीय सम्मानका साथ अन्त्येष्टी गर्ने तयारी छ । आज बिहान बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले उहाँलार्इ राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय गरेको हो
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






