.
Feature समाचार,
कान नभएकालाई सुनाएजस्तो भयो I अहँ सहमति हुँदैन (झलनाथ खनाल)
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 12 September 2012
दाङ, २७ भाद्र । नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्रीले तत्काल राजिनामा दिने संकेत नदेखिएकाले दलहरुबीच पनी तत्काल राजनीतिक सहमति हुने सम्भावना नरहेको जिकिर गरेका छन् । प्रेस चौतारी नेपालले आज दाङको घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै खनालले एकीकृत नेकपा माओवादी र प्रधानमन्त्रीले वार्ताको लागि गम्भिरता नदेखाएकोले तत्काल सहमतिको सम्भावना नरहेको दाबी गरे । माओवादीको सोच सत्तामा टाँसिरहने रहेको भन्दै अध्यक्ष खनालले राष्ट्रिय हितका पक्षमा माओवादी अझैसम्म पनि सकारात्मक हुन नसकेको आरोप लगाए ।
बाबुराम भट्टराई नेतृत्वको यो सरकार परिवर्तन गर्नु नै वर्तमान राजनीतिक निकाशको उपयुक्त निकाश भएको भनाई खनालको भनाइ थियो । बाबुराम जीको चाला हेर्दा प्रधानमन्त्रीको पद केटाकेटीको खेल जस्तो भैरहेको भन्दै उनले ब्यंग पनी गरे । जति कुरा सुनाए पनि कान नभएकालाई सुनाएजस्तो भन्दै उनले देश गम्भीर दिशा तर्फ लागेको बताए । उनले एमाले भित्रबाट केहि नेता बाहिरे पनी खास फरक नपर्ने दाबी पनि गरे ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





