.
Feature समाचार,
सहमति नभए निर्वाचनमा जान डराउन हुँदैन : पोखरेल I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 7 September 2012
नेकपा एमालेका सचिव शङ्कर पोखरेलले दलहरूबीच सहमति निर्माण हुन नसकेको अवस्थामा निर्वाचनमा जान डराउन नहुने बताएका छन् ।
प्रेस चौतारी बाँकेद्वारा आज आयोजित पत्रकार सम्मेलनमा पोखरेलले राजनीतिक गतिरोध अन्त्यका लागि राष्ट्रिय सहमतिको सरकार निर्माण हुनुपर्ने बताउँदै यस्तो जनाएका हुन् ।
उनले मुलुकलाई लामो समयसम्म अनिर्णयको बन्दीमा राख्न नहुने भन्दै जनताको धैर्यको बाँध टुट्यो भने जुनसुकै बेला पनि राजनीतिक दुर्घटना हुनसक्ने समेत औल्याएका छन् ।
कार्यक्रममा उनले मुलुकलाई अप्ठेरो परेको अवस्थामा राष्ट्रपतिले प्रभावकारी भूमिका खेल्नुपर्नेमा पर्नेमा जोड समेत दिए ।
नेता पोखरेलले अहिले दलहरूबीच सहमति बन्लाजस्तो देखिएकाले प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूले अब सहमतिको ढोका उघार्नैपर्ने समय आएको छ ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





