.

हिन्दी चलचित्रका पहिलो सुपरस्टार राजेश खन्नाको निधन

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
 हिन्दी चलचित्रका पहिलो सुपरस्टार राजेश खन्नाको ७० वर्षको उमेरमा निधन भएको छ । उनी लामो समयदेखि विरामी रहेका थिए ।

खन्नाले १९६० र ७० को दशकमा पर्दामा रोमान्सलाई नयाँ पहिचान दिनु भएको थियो । राजेश खन्ना एक ट्यालेन्ट हन्ट प्रतियोगिताको विजेता बनेर बलिउडमा प्रवेश गर्नु भएको थियो । युनाइटेड प्रोड्युसर्स र फिल्मफेयरले सन् १९६५ मा आयोजना गरेको ट्यालेन्ट हन्टमा १० हजारभन्दा बढी सहभागीलाई पछि पार्दै खन्ना विजेता बन्नु भएको थियो ।


ट्यालेन्ट हन्टको विजेता बनेपछि अमृतसरमा जन्मिएका जतिन खन्ना फिल्म नगरीमा प्रवेश गर्नु भयो र राजेश खन्ना बन्नुभयो । उहाँले दिलीपकुमार, देवानन्द र राजकपुरको त्रिमूर्ति हिन्दी चलचित्रमा छइरहेका बेला रोजश खन्नाले बलिउडमा आफ्नो स्थान बनाउनु भएको थियो । खन्नाले सुरुमा ‘आखिरी खत’, ‘बहारोंके सपने’ र ‘राज’ जस्ता चलचित्रमा अभियान गर्नु भयो । तर, सन् १९६९८ मा रिलिज भएको ‘अराधना’ राजेशलाई रातारात स्टार बनाइदियो र उहाँले सुपरस्टारको उपमा दिन थालियो ।

राजेश खन्नाको सन् १९६९ देखि १९७२ को बीचमा लगातार १५ फिल्म हिट भयो । फिल्म पण्डितहरु खन्नाको यो रेकर्ड अहिलेसम्म पनि कसैले तोड्न नसक्ने बताउँछन् । सन् १९७६ मा राजेश खन्नाका फिल्म बक्स अफिसमा कमजोर हुनथाल्यो, जतिवेला हिन्दी फिल्ममा दोस्रो र सबैभन्दा ठूला सुपरस्टार अमिताभ बच्चन हिन्दी सिनेमामा छाउनु भएको थियो ।

१९८० सम्म अभिनय गरेका उहाँले निर्माणको काम समेत गर्नु भएको थियो । सन् १९९० को दशकमा फिल्मबाट विदा लिनु भएका खन्नाले १९९१ मा राजनीति सुरु गर्नुभयो । कांग्रेसबाट टिकट पाएपछि खन्नाले लोसकभाको चुनाव लड्नुभयो र नयाँदिल्ली लोकसभा क्षेत्रबाट सांसद बन्नुभयो भने राजीव गान्धीको आग्रहका कांग्रेसको चुनाव प्रचार प्रसारमा समेत जुट्नुभयो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर