.

,

नेपाली जनसम्पर्क समिति पोर्चुगलको निर्वाचन कार्यतालिका सम्बन्धि अत्यन्त जरुरी सूचना !!!

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
नेपाली जनसम्पर्क समिति पोर्चुगलको दोश्रो अधिवेशन २०१२ को निर्वाचन कार्यतालिका तथा निर्बाचनका नियमहरु सम्बन्धि सूचना सम्बन्धित सबैको जानकारीको निमित्त प्रकाशित गरिएको छ।

निर्वाचन समय तालिका
१) साधारण सदस्यताको नामावली प्रकाशन: २२ मार्च २०१२ बिहान १०.०० बजे।
२) उम्मेदबारी मनोनयन: २२ मार्च २०१२ दिउसो १५.०० बजे देखि १८.३० बजे सम्म र २३ मार्च २०१२ बिहान ९.०० बजे देखी मध्यान्ह १२.०० बजे सम्म। (रेस्टुरेण्ट टेस्ट अफ नेपाल, रुआ लाटिनो कोइल्हो नं १०, साल्दानामा)
३) उम्मेदबारको पहिलो नामावलि प्रकाशन: २३ मार्च २०१२ दिउसो १५.०० बजे।
४) दाबि बिरोध: २३ मार्च २०१२ दिउसो १६.०० बजे देखि १७.०० बजे सम्म।
५) उम्मेदबारि फिर्ता: २४ मार्च दिउसो १७.०० बजे सम्म।
६) उम्मेदबारको अन्तिम नामावलि प्रकाशन: २४ मार्च २०१२ दिउसो १७.३० बजे।
७) निर्वाचन: २५ मार्च २०१२ मध्यान्ह १२.०० बजे देखि सांझ १८.०० बजे सम्म।

नेपाली जनसम्पर्क समिति पोर्चुगल दोश्रो अधिवेशन २०१२ को निर्बाचन सम्बन्धि नियमहरु:

१) निम्न पदहरुको लागि निर्बाचन हुनेछ: अध्यक्ष- ०१, उपाध्यक्ष- ०३, महामन्त्री- ०१, सह-महामन्त्री- ०२, कोषाध्यक्ष- ०१, सदस्यहरु- १३।
२) जनसम्पर्क समिति पोर्चुगलको कुनै पनि साधारण सदस्य उम्मेदबार बन्न सक्नेछन।
३) कुनै पनि पदको लागि उम्मेदबार बन्नको लागि १ जना प्रस्ताबक र १ जना समर्थकको हस्ताक्षर सहित मनोनयन पत्र निर्बाचन समितिमा बुझाउनु पर्नेछ।
४) प्रस्ताबक र समर्थक जनसम्पर्क समिति पोर्चुगलको साधारण सदस्य हुनु पर्नेछ।
५) उम्मेदबारले मनोनयन-पत्र संगै जनसम्पर्क समिति पोर्चुगलको सदस्यताको फोटोकपि पेस गर्नु पर्नेछ।
६) उम्मेदबारले मनोनयन-पत्र संगै प्रस्ताबक र समर्थकको सदस्यताको फोटोकपि पेस गर्नु पर्नेछ।
७) प्रस्ताबक र समर्थकले एक जना भन्दा बढि उम्मेदबारलाई प्रस्ताब वा समर्थन गर्न पाइने छैन।
८) एक जना उम्मेदबारले अर्को उम्मेदबारलाई प्रस्ताब वा समर्थन गर्न पाउने छैन।
९) उम्मेदबारले मनोनयन-पत्र साथ निम्न बमोजिम शुल्क बुझाउनु पर्नेछ: अध्यक्ष- २०० युरो, उपाध्यक्ष- १५० युरो, महामन्त्री- १५० युरो, सह-महामन्त्री- १०० युरो, कोषाध्यक्ष- ७५ युरो, सदस्य- ४० युरो।
१०) मिति २४ मार्च २०१२ का दिन १७.०० बजेसम्म उम्मेदवारी फिर्ता लिने उम्मेदवारलाई २५ प्रतिशत शुल्क कटाई ७५ प्रतिशत उम्मेदवारी शुल्क फिर्ता दिइनेछ।
११) उम्मेदबारहरुले निर्बाचनको लागि १ जना प्रतिनिधि राख्न पाउनेछन।
१२) मनोनयन-पत्र निर्बाचन समितिका कुनै पनि सदस्यसंग लिन र बुझाउन सकिनेछ।
१३) निर्बाचन सम्बन्धी कुनै जानकारी आवश्यक भएमा निर्बाचन समितिका सदस्यबाट लिन सकिनेछ।
१४) नेपाली जनसम्पर्क समिति पोर्चुगलको सदस्यता सूचीमा भएका सबै सदस्यहरुले मतदान गर्न पाउनेछन, मतदानको निम्ती फोटो सहितको परिचय खुल्ने परिचय-पत्र अनिवार्य रुपमा लिएर आउनुपर्नेछ।
१५) कुनै पदमा उम्मेदबारको संख्या १ नम्बरमा उल्लेखित पद संख्या संग दुरुस्त मिल्न गएमा त्यस्ता उम्मेदबारलाई निर्बिरोध निर्बाचित घोषणा गरिनेछ।
१६) कुनैपनि पदमा मत बराबर भएमा उक्त पदको लागि मात्र पुन: निर्बाचन गरिनेछ।

निर्बाचन समिति
सह-संयोजक:- श्री नारायण प्रसाद सापकोटा फोन-नं: ९१७४६६८०६
सदस्य:- श्री पूर्ण शाही फोन-नं: ९१३६३७३२८
सदस्य:- श्री बिन्दु प्रसाद पौडेल फोन-नं: ९१७२३१८७

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर