.

कोरियाका प्रमुख शहरमा चलचित्र लुट प्रदर्शन हुने I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE

राजिव भण्डारी, कोरिया - नवलपरासी सम्पर्क समिती दक्षिण कोरियाले चलचित्र लुट प्रदर्शनीको सम्पूर्ण तयारी सम्पन्न गरेको छ ।

प्रदर्शनी मुल समिती संयोजक एंवम संस्थाका अधक्ष्य रामेश्वर सुबेदीले ‘लुट’ चलचित्र आम नेपालीको मनोविज्ञानलाई समातेको कारणले गर्दा पनि कोरियामा अपेक्षा अनुरुप भब्य हुने विश्वास गरेका छन् ।

कोरियामा सामाजिक संजालदेखि स्थानिय मिडियामा राम्रै चर्चा बटुलिरहेको उक्त चलचित्र कोरियाका विभिन्न स्थानमा चल्ने आयोजक समितिले बताएको छ ।

हाल तिब्र रुपमा टिकट बिक्री बितरण भइरहेको र कोरियामा नै विगतमा प्रदर्शन भएका चलचित्रको तुलनामा टिकट किन्नेको लर्को बुकिङको शैलिले गर्दा पनि निकै भिड हुन सक्ने नवलपरासी सम्पर्क समितिका सदस्य सन्दिप केसीले बताएका छन ।

आपतकालिन राहात कोषको स्थापना गरि प्रवासमा रहेका जिल्ला बासिलाई मात्र नभै समग्र जिल्लालाई प्रवासबाट आर्थिक रुपमा टेवा दिने उद्देश्यले उक्त चलचित्र कोरियामा ल्याउन लागेको जानकारी संयोजक रामेश्वर सुबेदीले दिएका छन ।

नेपाली चलचित्र इतिहासमा सर्वाधिक मुनाफा कमाउन सफल मानिएको उक्त चलचित्रको प्रदर्शनी पश्चात आएको मुनाफा आपातकालिन राहात कोषको अलवा एनआरएन कोरियाको नेपाल हाउसलाई समेत सहयोग गर्न लागेको जानकारी आयोजक संस्थाले दिएको छ ।

कोरियाका विभिन्न ३ ठाँउमा प्रदर्शन गरिने पनि आयोजक कमिटीले दिएको छ । अप्रिल १ मा सिओलमा एंवम अप्रिल ८ मा आनसान माईग्रेन्ट सेन्टरमा साथै पुसानमा आगामी अप्रिल १५ मा प्रदर्शनको तयारीका काम सम्पन्न भएको छ ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर