.
प्रवास,
अमेरिकाको न्यू मेक्सिकोमा नेपालीहरुको चौथो अन्तराष्ट्रिय सम्मेलन सम्पन्न I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Friday, 23 March 2012
कार्यक्रममा नेपाली युवा बैज्ञानीक लुजेन्द्र ओझा, नेपाल विद्यार्थी सँघका पूर्व अध्यक्ष कल्याण गुरुङ र एरिजोना स्टेट युनिभर्सिटीका नेपाली प्राध्यापक डा. नेत्र छेत्री लगायत अन्य थुप्रै ब्यक्तित्वहरुले आफ्नो कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । मंगल् ग्रहमा पानीको अवशेसको बिषयमा नेपाली युवा बैज्ञानीक ओझा द्वारा प्रस्तुत आफ्नो कार्यपत्र कार्यक्रमको प्रमुख आकर्षण थियो भने विद्यार्थी नेता गुरुङले नेपालको समसामयिक राजनीति मुख्यगरी संघीयताको सबालमा आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमका प्रमुख वक्ता प्राध्यापक क्षेत्रीले मौशम परिवर्तन, नेपालमा त्यस्को असर र त्यो सँग कसरी जुध्न सकिन्छ भन्ने बारेमा आफ्नो अनुसन्धान मुलक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो ।
आयोजक संस्थाका सल्लाहाकार प्राध्यापक डा. राम आचार्यको स्वागत मन्तब्य संगै शुरु भएको उक्त कार्यक्रममा संस्थाका अध्यक्ष बिष्णु ढकालले कार्यक्रमको महत्व र प्रभावको बारेमा प्रकाश पार्दै कार्यक्रम नेपालको हीतमा फलदायी हुने धारणा ब्यक्त गर्नु भएको थियो। सन्तोष दुलालले संचालन गर्नु भएको उक्त कार्यक्रमको अन्त्यमा प्राध्यापक डा. अनुप अमात्यले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थियो ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |






