.

,

नेपाली कला संस्कृतिको प्रवर्द्धन गर्न सउल महानगरपालिका सोन्सिकलाई ४ मिलियन वन दिन राजी I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
मन्दिप के. सी., कोरिया -
कोरिया स्थित नेपाली विद्यार्थीहरुको साझा संस्था सोन्सिकले नेपालको कला संस्कृतिलाई कोरियान लगायत विदेशीका माझ चिनाउनको लागि सउल महानगरपालिकाले ४ मिलियन वन दिन राजी भएको छ। आज सउल नगरपालिकाको कार्यालयमा मेयर पाक वन सुन द्दुरा हस्ताक्षारित सम्झौता पत्रमा सोन्सिक अधक्ष्य आस्था बिन्दु मल्ल ठकुरीले हस्ताक्षर गरेकी थिईन। सम्झौतामा हस्ताक्षर गर्दा साक्षीको रुपमा रहेका बैदेशीक आवसिय बिभागका उपप्रमुख सिन दोङ-हुनले सोन्सिकले बुझाएको प्रस्ताव बाट निकै प्रभावित भएको बताएका थिए।

सोन्सिकले आगामी जुलाई ७ तारिखमा भब्य पर्यटन मेला एवम सांस्कृतिक कार्यक्रम गर्ने हस्ताक्षरका क्रममा सउल महानगरपालिकाका प्रतिनिधिलाई सोन्सिक अध्यक्षले अवगत गराएकि थिईन। नेपाली कला संस्कृतिलाई प्रवासमा रहेर निरन्तरता दिदै बहुराष्ट्रिय संस्कृति रहेको ठाँउमा कार्यक्रम गर्नको लागि सउल महानगरपालिकाले देखाएको चासो निकै स्रहानिय रहेको कार्यबहाक राजादुत राजाराम बर्तौलाले बताएका छन। कार्यक्रमले देशको कला संस्कृति साथै यस्ता कार्यक्रम बाट देशको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने हुनाले दुतावासले पनि सक्दो सहयोग गर्न तयार रहेको बताएका थिए। नेपाल र नेपालीको जीवन शैली झल्कने कला संस्कृति, खाना, नेपाली हस्तकलाका सामान एवम प्राकृतिक विबिधताको बारेमा प्रचार गरिने जानकारी सोन्सिकले दिएको छ।

बौद्दिक जगतको प्रतिनिधित्वो मात्र नगरेर प्रवासमा अध्यनका अलवा देशको कला संस्कृति फैलाउन सुवर्ण अवसर पाएकोमा प्रसन्न मुद्रामा कार्यक्रम भब्य रुपमा सम्पन्न गर्ने आस्था बिन्दु मल्ल ठकुरीले बताईन। कोरिया स्थित रहेका बिभिन्न जातिय, क्षेत्रिय, राजनीतिक संस्था साथै पत्रकार, ब्यबसायी मजदुर नेपालीलाई सहयोग गर्न समेत सोन्सिकले आग्रह गरेको छ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर