.

,

बोस्टनमा हिमालयन लायन्स क्लब न्यु इन्ग्लेंडको बार्षिक उत्सव सम्पन्न I

SHARE WITH FRIENDS do some खलबली


WATCH VIDEOS, PHOTOS AND MANY MORE
महेश्वर पन्त, बस्टन - आज भन्दा करिब तिन बर्ष आघि खुलेको हिमालयन लायन्स क्लब न्यु इन्ग्लेंडले मार्च महिनाको १८ तारिखमा तेस्रो बार्षिक उत्सब मनायो । लायन्स मल्टिपल डिस्ट्रिक "३३ के" का गवर्नर लगायत मुख्य पदाधिकारीहरु उपस्थित भएको उक्त समारोहमा क्लबका सदस्यहरु साथै नेपाली समुदायका बिशेष ब्यक्तिहरुको पनि उपस्थिति थियो । शुरुमा महेश्वर पन्तको नेतृत्वमा गठन भएको यस सँस्थाको हाल शिव प्रकाश प्रेसिडेन्ट हुनुहुन्छ । हरेक दुई बर्षको कार्यकाल रहने यो सँस्थाको साधारण शभा पनि यसै मार्च महिनाको जन्म दिवसलाई मानिन्छ ।

उक्त कर्यक्रममा बार्षिक रिपोर्ट सचिब सन्तोष सुबेदीले प्रस्तुत गर्नु भएको थियो| बार्षिक रिपोर्टमा आकर्षक बिषय भने यस लायन्स क्लबको लाईब्रेरी प्रोजेक्ट थियो । नेपालको मोरंग जिल्लाको पचाम गाउँ, जुन ठाउँमा नेपालका पिछडिएका मुसहर जति को बसोबास छ, सोहि ठाउँको माध्यमिक बिद्यालयमा झन्डै दश हजार डलरको लागतमा तयार हुने उक्त प्रोजेक्टमा जनश्रमदानबाट पाँच हजार र हिमालयन लायेंस क्लबबाट पाँच हजार डलर प्राप्त भैसकेको छ ।

यसै अबसरमा गवर्नर लायन म्याथिउले हिमालयन लायेंस क्लबका नयाँ सदस्यहरु शेषराज खतिवडा, जालप्रसाद घिमिरे, निगम दिक्षित्, रुपा थापा साथै डम्मरबहादुर थापालाई लायेंस कोड अफ इथिक्सको सपथ गराउँदै पदस्थापन गराउनु भएको थियो । कार्यक्रममा उपस्थित सबै लायेंस पदाधिकारीहरुले हिमालयन लायेंस क्लबलाई शुभकामना दिनुभएको उक्त कर्यक्रम नेपाली रेस्टुरेन्ट फिष्टेल किचेनमा भएको थियो । कर्यक्रमको संचालन बोर्ड सदस्य संजना (सुबेदी)सथियाबंदनाले गर्नु भएको थियो ।

VIDEOS



भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली



यस्तै अरु सम्बन्धित खबरहरु



खल्लीबल्ली

खल्लीबल्ली डट कम (khalliballisite.blogspot.com) - एउटा भिन्नै किसिमको साइटमा तपाइंलाई हार्दिक स्वागत छ । दिनदिनै सामाजिक सद्भाव र शान्ति भड्काउने र खल्लीबल्ली मच्चाउने किसिमका घटनाहरु भैरहेका छन । त्यस्ता घटनाहरुलाइ हामी सकेसम्म तपाईं सामु ल्याउने कोशिस गर्नेछौं ।
ADSENSE

ताजा खबरहरू

प्रवास खबरहरू

विचित्र संसार

मनोरञ्जन खबरहरू

सुचना र प्रविधि

स्वास्थ्य

यौन

Advertisement

Featured Video

भिडियोहरू

मनोरञ्जन

स्वास्थ्य

विश्व खबर

सुचना र प्रविधि

Advertisement

अपराध

दुर्घटना

यौन

स्वास्थ्य

बलिउड

भिडियो खबर