.
Feature समाचार,
अन्तत: दिक्षित र गौतमले मुनको नेपाल भ्रमण स्थगित गराई छाडे I
SHARE WITH FRIENDS do some खलबली
मन पराउनुस --> [[
]]
Published on Wednesday, 21 March 2012
८ चैत: लुम्बिनीको बिकासका लागि आयोजित अन्तराष्ट्रिय सम्मेलनमा भाग लिन आगामी बैशाख दोस्रो साता नेपाल आउने तयारीमा रहेका राष्ट्रसंघका महासचिव वान की मुनको भ्रमण स्थगित भएको छ । भ्रमणका लागि स्थीति अनुकुल नभएको भन्दै मुनको सचिवालयले परिस्थीति परिवर्तन नभएसम्मका लागि भ्रमण स्थगित गर्ने निर्णय गरेको राष्ट्रसंघनिकट उच्चस्रोतले दावी गरेको छ ।
मुनको भ्रमणका लागि सरकार र लुम्बिनी बिकाश राष्ट्रिय निर्देशक समितिले तयारी गरिरहंदा मानवअधिकारबादीको एउटा समूहले उनको भ्रमण नगराउन कुटनीतिक लविङ तिब्र पारेको थियो । कुटनीतिक लबिङबाट मुनको भ्रमण रोकिने अबस्था नरहेपछि सोही समूहले तिब्बती कार्ड प्रयोग गरि मुनको भ्रमण रोक्न सफल भएको स्रोतको दावी छ । लुम्बिनी बिकाशका लागि नभई माओवादी अध्यक्ष प्रचण्डको शान्तिबादी ब्यक्तित्व निर्माणका लागि मुनलाई प्रयोग गर्न खोजिएको भन्दै कनकमणि दिक्षित, कुलचन्द्र गौतम, सुबोधराज प्याकुरेल, चरण प्रसाई, मन्दिरा शर्मा लगायतको टोलीले कुटनीतिक र राजनीतिक लविङ गरेको थियो ।
उनीहरुले राष्ट्रसंघ सुरक्षा परिषद्का ५ स्थायी र १० अस्थायी सदस्य राष्ट्रका प्रतिनिधिलाई भेटेर भ्रमण स्थगित गराउन दबाब दिएका थिए प्रतिपक्षी दल कांग्रेस र एमालेलाई पनि मुन भ्रमणको बिरोध गर्न भनेका थिए । कुटनीतिक र राजनीतिक प्रयास असफल भएपछि सोही समूले तिब्बती कार्डको प्रयोग गरि मुनको भ्रमण स्थगित गराएको सुत्रको दावी छ ।
स्वतन्त्र तिब्बतका लागि समेत काम गरिरहेका तिनै मानवअधिकारीको समूहले काठमाण्डौका तिब्बती क्याम्पहरुमा बैशाख १६ गते लुम्बिनी जाऔं’ भन्ने ब्यहोराका पर्चा छरेका थिए । मुनको भ्रमण रोक्न लागि परेका कनकमणि दिक्षितले भने शान्ति प्रकृयामा गति दिनका लागि भ्रमण स्थगित भएको वताएका छन् ।
भर्खर राखिएका अरु समाचार, फोटो र भिडियोहरु पनि हेर्नुहोस
| WATCH VIDEO ADSENSE 336 खल्लीबल्ली |





